
तिमिसंग माया गर्नु भनेको
गहिरो र सांघुरो कुवामा
ओठ डुवाएर पानी पिउनु जस्तो हो
यदि त्यहि प्यास धारामा पिएको भए
आधा अंजुलिबाटै खसी भाग्थ्यो
वा स्पर्श गरेको ओठबाट
पिउनुभन्दा बगाउनु धेर हुन्थ्यो
तिमिलाइ पनि
मलाई पनि
र याद यसैगरी
न तिमिलाइ हुन्थ्यो
न मलाई हुन्थ्यो
यदि त्यहि प्यास नदिमा पिएको भए
नदी कुवा होइन
नदी सागर पुग्थ्यो र विलाइ जान्थ्यो
तलाउमा पिउनु जस्तो पनि होइन
जहाँ एकैपटक सैयौंले
एकैप्रकारले पिउन सक्छन्
मेरो गाउँको सानो कुवा
आज आफैं डिल नागेर पानी वगेको छैन
मिसिएको छैन धारो जसरि नदीमा
देखेको छैन उसले समुद्र तिमी भन्थ्यौ
तिम्रो चुम्बन नै पहिलो स्पर्श हो हो !
सानो कुवाको पहिलो तिर्खालु जो हो
कतै न कतै कुवा वरिपरि टांसिएकै हुन्छ
तिमीमा नै पनि अरू आउन्
उघाउन्
अघाउन्
तर मलाई लाग्छ
तिमीलाई पनि याद हुन्छ
पहिलो तिर्खालु
जसले तिमीलाइ निर्धक्क पियो र गयो
र मलाई पनि
जवजव तिर्खा बढेर जान्छ
तिम्रो संझना भइजान्छ ।।