झापा । गुरागाईं वंश उत्थान समाज कल्याण प्रतिष्ठानले झापाको कमल गाउँपालिकामा तीज विशेष कार्यक्रम गरेको छ । कमल गाउँपालिकाको पाडाजुंगीस्थित प्रतिष्ठानको कार्यालयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरि तीज मनाइएको हो । सो अवसरमा विभिन्न गीत संगीतमा नृत्य गर्ने, संगीनी खेल्ने, डोरी तान्ने, म्यूजीकल चियर लगायतका मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा गुरागाईं वंशका चेलीबेटीहरुलाई भेला गराएर दर समेत खुवाइएको थियो । सो कार्यक्रमको प्रायोजन भने इम्पेटस टेक्नोलोजी नेपालका अध्यक्ष जीवन गुरागाईंले गर्नु भएको थियो । कार्यक्रममा पूर्वका विभन्न ठाउँमा बसोबास गर्ने गुरागाईं वंशका बन्धूवान्धव तथा चेलीबेचटीहरुको जमघट रहेको थियो ।

तपाईको प्रतिक्रिया