इटहरी । नेपाली हिन्दु महिलाहरु महान पर्व तिजलाई लक्षित गरी महिलाहरुलाई तिजको दर खुवाउने होड चलिरहेको समयमा व्यवयासीक प्रतिष्ठानहरुले समेत तिज विशेष कार्यक्रम आयोजना गर्न थालेका छन ।

विशेष गरी आफना ग्राहकहरुलाई लक्षित गरी तिरुपति अटो सिटीलेको आयोजना गरी दर खुवाउने कार्य पुर्वी नेपालमा पनि व्यवसायीक प्रतिष्ठानहरुले समेत गर्ने गरेका हुन । इटहरीमा रहेको यमाहा मोटरसाईकलको विक्रेता तिरुपति अटो सिटीले पनि केही वर्ष यता देखि स्कुटि खरिद गर्ने महिलाहरुलाई बोलाएर तिजको अवसरमा दर खुवाउने गरेको छ ।

हिन्दु महिलाहरुको महान पर्वका अवसरमा परम्परालाई निरन्तरता दिदै आफना ग्राहकहरुलाई एकीकृत गरी दर खुवाउने कार्यलाई विगत झै निरन्तरता दिएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोय पराजुली वताउछन । व्यवसायीक प्रतिस्ठानले आयोजना गर्ने तिज विशेष कार्यक्रममा समेत महिलाहरुको उत्साहजनक सहभागिताका साथै नाचगान गरेर रमाइलो गर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया