ईटहरी/ ईटहरी २ तालतलैयाको छेऊमा रहेको बुढासुब्बा मन्दिरमा पछिल्लो समय दर्शनार्थीहरुको घुँईचो लाग्न थालेको छ । बि.स २०५५ सालदेखि सो स्थानमा बुढासुब्बाको मन्दिर स्थापना भएको हो । सो मन्दिरमा पुजापाठ गर्दा,भाकल गर्दा मनोकाँक्षा पुरा हुने जनबिश्वास बढेको छ ।

धरानको बुढासुब्बामा झै ईटहरीको बुढासुब्बामा पनि टुप्पो बिनाको बाँसको घारी नै रहेको छ । सोही बाँसमा प्रेमी प्रेमिकाहरुले प्रेम सफल रहोस भनी बाँसमा नाम समेत खोप्ने गरेका छन । सोही मन्दिरले धरानको बुढासुब्बा मन्दिर झल्को मात्र दिँदैन,सोही स्थानलाई समेत बिर्साउने गरेको छ । नजिकै रहेको तालतलैयाको सुन्दरताले अझ सो मन्दिरको शोभा बढाईदिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया