भदौ १६/स्वदेशी र बिदेशी पर्यटकलार्इ लक्षित गरेर काठमाडौं माहानगरपालिकाले राजधानीका ४२ स्थानमा फ्रि वाइफाई जडान गरेको छ ।

महानगरका चार पर्यटकिय र चार पार्क, महानगरका ३२ ओटै वडाका कार्यलयमा पनि फ्रि वाईफाइ जडान गरीएको छ । त्यस्तै पशुपति क्षेत्र, स्वयम्भु, हनुमान ढोका, दरबार क्षेत्र र बौद्धनाथ क्षेत्रका बिभिन्न स्थानमा वाइफाई जोडिएका छन् ।

त्यस्तै काठमाडौंका अन्य स्थनान शंखपार्क, बालाजुपार्क, रत्नपार्क, काठमाडौं महानगरको मुख्यालय रहेको जेडिए भवन, बागदरबार, टेकुस्थित वातावरण ब्यावस्थापन बिभाग, राष्ट्रिय सभा गृहको सभाहल, बानेश्वरको झक्कुवक्कु पार्क लगायतका स्थानमा फ्रि वाइफाई जडान गरीएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया