मदन अधिकारी /प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा सन्चालनमा रहेको आर्यन मेडिकल हलको लुट तन्त्र शिर्षकको समाचारलाइ नगरले चासोका साथ लिएको छ । समाचार संप्रेसण भएको एक हप्ता नबित्दै नगर स्थरीय अनुगमन समेत भएको छ। विहिवार बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश प्रशाद मेहता , वडा नम्बर १० वडा अध्यक्ष महेन्द्र बहादुर खत्रि , वडा सचिव होम प्रसाद लिम्बू ( वसन्त ), वडा सदस्य दिप नारायण उराँव , पत्रकार तथा स्थानिय बासिको बाक्लो उपस्थितिमा गरिएको अनुगमनमा नगर स्वास्थ्य साखा प्रमुख उमेश प्रसाद मेहताले मेडिकल सन्चालक राम नारायण साह संग स्पस्टिकरण लिएका थिए । उनले बिल तथा बिलमा उल्लेख मुल्यको बारेमा जानकारी लिदै मूल्य रेट समेत मागेका थिए । सोही क्रममा माफि माग्दै फार्मेशि सन्चालक रामनारायण साहले आफ्नो गल्ति सुइकारेका छन् । साहले गल्ति मात्र सुधारेनन् उनले उपचार हुने दबाइको समेत वडा पत्र टासि आफ्ना सेवा ग्राहिलाइ सन्तुष्ट पार्ने र कसैको पनि यस्तो गुनासो आउने बाटो नराख्ने प्रतिबद्धता गरेका छन् । उनले थपे शुत्रवार , शनिवार र आइतवार सार्वजनिक विदा परेको र सोही समयमा बिल सकिएको थियो तत्काल छपाउन छापाखाना लाई पठाए तर बिभिन्न कारण देखाइ समयमा विल उपलब्ध गराउन नसक्दा यस्तो समस्या आएको बताए । उनले लिएको मूल्य समेत घटाइ सकेको र आगामि दिनमा यस्तो समस्या आउन नदिने समेत बताएका छन् । यता १० नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर खत्रिले एक पल्ट सुद्रने मौका दिएको भन्दै यदि अर्को पल्ट पुन यस्तो सन्चार माध्यममा आए तु कार्वाहि गर्ने समेत बताएका छन्। यता स्थानिय वासि समेत खुसि भएका छन् । स्थानिय मिलन गुरुङ्ले भने नगरले समाचार संप्रेसण गर्नासाथ अनुगमन छड्के अनुगमन गर्नु राम्रो रहेको बताउदै अन्य क्षेत्रको समेत अनुगम हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया