नेपालको फुटबलले गति लिने कुरा भने पक्का हो ।फुटबलमा उत्कृष्ट नतिजा ल्याउन पर्ने गहन जिम्मेवारी पनि अहिलेको नेतृत्वको काधमा छ ।

नेपालमा लगातार फुटबल संघमा हुने विवादले फुटबल गतिविधिहरु हुन सकि रहेको छैन् । गतिबिधि नै कम भए पछि खेलाडी उत्पादनमा ह्रास आउने नै भयो । यहि कुरालाई मध्य नजर गरेर अहिलेको नयाँ नेतृत्वले जगै देखि आधार बलियो बनाउन जिल्ला जिल्लामा फुटबलको ग्रास रुटतालिम आयोजना गरेको देखिन्छ ।

“फिफा,एफसीको फिलोसपी अनुसार नै नेपालको फुटबल विकासमा लागेका छौ ।” नेपाली राष्ट्रिय टोलीका पूर्व क्यापटेन तथा ग्रास रुट तालिम संयोजक उपेन्द्रमान सिं ले भने । ‘अहिले जिल्लाकै व्यवस्थापनमा ग्रास रुटको तालिम विभिन्न जिल्लामा भई रहेको छ ।’ ‘अब केहि महिनामा नै एन्फाले केन्द्रबाट नैे नियमित कार्यक्रम अन्र्तगत ग्रास रुट फुटबल तालिमको आधार तयार गर्नेछ ।’उनले भने ।

नियमित हुन नसकेको लिग प्रतियोगिता यहि असोज १२ गते देखि हुने र व्यवस्थित रुपमा आयोजना गर्ने बताइएको छ । अहिलेको नेतृत्वले इतिहास बाट पाठ सिकेर फुटबल विकासमा भई रहेको अवरोधहरुलाई पहिचान गरि समस्या समाधान तिर लाग्नु बुद्धिमानी हुन्छ । आजको भोलि नै नतिजाको अपेक्षा गर्ने हाम्रो बानीले पनि कतिपय अवस्थामा हामीलाई समस्यामा पारेको देखिन्छ । फुटबल विकासको लागि कम्तिमा पनि दिर्घकालिन योजना बनाउन जरुरी छ ।

फुटबलको उर्वर भूमि मानिने पोखरा गण्डकी प्रदेशको राजधानी पनि हो । पोखरामा हुने गरेको फुटबल प्रतियोगितामा फुटबल प्रेमी दर्शकको उपस्थिीतिले पनि यहाँ फुटबलको क्रेज कति छ भन्ने स्पष्ट बुझ्न सकिन्छ । कास्की जिल्लामा जुन प्रकारको फुटबल फ्यानहरुको उत्साह छ । त्यो उत्साहलाई क्याच गर्न कास्की जिल्ला फुटबल संघ नेतृत्व चुकेको देखिन्छ ।

अहिले कास्की जिल्ला फुटबल संघमा मिलन गुरुङ नेतृत्व समुहले फुटबल विकासमा राम्रै संकेत दिएको देखिन्छ । यही जोस र जागर कार्यकालको अन्तिम सम्म जोगाई राखे कास्की जिल्ला फुटबल संघको इतिहासमा यो टीमको नाम सुनौलो अक्षरमा लेखिने छ । कास्की जिल्ला फुटबल संघ विवादमा रुमुलिदा नियमित फुटबल प्रतियोगिता आयोजना गर्न नसकेको यर्थात हो ।

परिस्थिीति अनुकुल नहुदाँ पनि यहाँका स्थानीय क्लबहरुले फुटबल प्रतियोगिता नियमित गर्दे कास्की जिल्ला फुटबल संघको साख जोगाएको कुरालाई नकार्न हुदैन् ।

‘कास्की जिल्ला फुटबल संघले शितलादेवी, छारेपाटन, दोभिल्ला र हेमजा गरि ४ ठाउँमा ग्रास रुट तालिम सम्पन्न गरिसकेको छ । ११ ठाउँमा तालिम दिने लक्ष्य लिएको संघमा प्रशिक्षक र मैदानको अभाव छ । ’ भन्छन् संघका महासचिव रमेश कार्की ।

नेपालको फुटबल विकासमा कास्की जिल्लाको महत्वपूर्ण योगदान रहदै आईरहेको छ । यो जिल्लामा दिनहु जसो फुटबलको गतिविधि पनि हुने गर्दछ । यो कारणले पनि एन्फाले कास्की जिल्लामा फुटबल विकासको लागि प्राथमिकतामा राख्न पर्ने फुटबल विज्ञहरुको सुझाव छ ।

जोशिला युवा नेतृत्वबाट फुटबल विकास हुने कुरामा धेरै विश्वस्त छन् । हात्ती आयो हात्ती आयो फुस्स नहोस् । शुभकामना

समाधान दैनिकबाट

तपाईको प्रतिक्रिया