विराटनगर १५  भदौ / हिजो विहान २ बजेदेखि परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न भाग डुवान परेको छ ।
विराटनगर ८ मा रहेको सुकुम्बासी टोलमा सिघिया खोलाको पानी बस्तीमा पस्दा एक दर्जन बढी घरपरिवार विस्तापित हुन पुगेका छन् ।बिहीबार विहानदेखि नै परेको भारी बर्षाका कारण सिघियाखोलामा आएको बाढी बस्तीमा पसेको  थियो । आज डुबानका कारण  सुकुम्वासी टोलकका  १८ घर परिवारका घर डुवानमा परेको छ ।
विहानैदेखि परेको पानीले सिघिया खोलामा बाढीआएपछि ६ बजेदेखी पानी बस्तीमा छिर्न थालेको बाढीपिडीत  मरिकले बताए

 

उक्त बस्तीका पवन यादव, हदिसा खातुन, अम्जत हुसेन, मोह्म्मत रुस्ताम, मोख्त्तर खान, गितादेवि पास
विहानैदेखि परेको अविरल बर्षाका कारण विराटनगर ८ मा रहेको सुकुम्बासी बस्तीमा राहत र उद्धारको लागी लियो क्लव अफ विराटनगर युनिक पुगेको छ । पानी निकासा नहुदाँ महानगरको अधिकांस ठाउ  डुवानमा परेको छ ।वान, रामखेलन मुखिया, फरवी मरिक, असोक मरिब, राजु मरिक, अजय मरिक, दिलिप मरिक र प्रमोद मरिकको घर डुवानमा परेको छ । डुवानमा परेका घरपरिवारलाई तत्काल स्थानियवासी र हाटखोलामा रहेका प्रहरीले सुरक्षित स्थानमा ल्याएर राखेको छ ।
  सडक र नालाका मर्मत गर्ने काम भईरहेको हुँदा पानी निकासा हुने ठाँउ छैन ।पानीको निकास सही ढंगले हुन नसक्दा पानी पर्नासाथ विराटनगरका अधिकास डुवानमा पर्छन ।

तपाईको प्रतिक्रिया