इटहरी/ प्रदेश एककाे नामि सहर भनेर चिनिने इटहरीमा पछिल्लाे समय ब्यापारीक प्रतिस्पर्धासंगै अग्ला भवनहरू बनाउने हाेडबाजी चलिरहेकाे बेला पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वलाइनमा बनेकाे नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएकाे छ ।

इटहरी निवासी खेमराज घिमिरेले बनाएकाे याे घर करीब ५ तलाकाे रहेकाे छ । उनले ब्यापारीक प्रायाेजनकाेलागि उक्त भवन निर्माण गरेकाे बताएपनि लागत भने खुलाएका छैनन ।

पूर्वकाे केन्द्र इटहरी मार्फत अाफुले राष्ट्रलार्इ चिनाउने सानाे प्रयास गरेकाे र झ्डै ६ महिना लगाएर याे डिजाइन तयार पारेकाे उनले बताए । मुख्य राजमार्गकै छेउमा राष्ट्रिय झण्डा अंकित भवन ठडिएपछि अहिले भवनकै अघाडीबाट हिडने पैदलयात्रीहरू सेल्फि खिच्न ब्यस्त भेटिन्छन ।

तपाईको प्रतिक्रिया