मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा ठुलो क्षति बुधवार ठुलो क्षति हुनबाट बचेको छ । को १ प १८५६ नम्बरको माल बाहक बाहकले इलेक्टि्रकल पोलमा ठोकदा बुधवार यस्तो घटना भएको हो । प्राधिकरणले मुख्य चोकमै वेवास्ता गर्दा यस्तो घटना घटेको भन्छन् रुपनारायण निरौला । निरोलाले भने प्रधिकरणको मुख्य कमजोरीले गर्दा यो घटना घटेको हो समय अनुसार प्राधिकरणले आफ्नो प्राविधिक फाट नसमाल्दा यो घटना घटेको बताए । उनले थपे यो घटनामा प्राधिकरणले अरु चासो नदिने हो भने यस्ता घटना पुन बद्लिन सक्ने बताएका छन् । यता महेन्द्र नगर फुयुज साखा प्रमुख फुसराज घिमिरेलाई यश विषयको जानकारी माग्दा हामी माथिनै खनिए उनलाइ के कारणले यत्रो ठुलो दुर्घटना हुन गयो भनि प्रश्न गर्दा उनले जवाफ दिन अनकनाए उनले हाम्रो प्रश्नको विरुद्धमा गई केहि महिना अगाडिको समाचारको विशय उठाइ विवाद निम्त्याउन खोजे पटक पटक प्रश्न गर्दा सम्म उनले जवाफ दिन मानेनन् ।  हाल चौतर्फि दवाव झेलिरहेको प्रधिकरणले भने काम विहिवार बाट काम गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया