इटहरी । केही वर्ष यता देखि इटहरीका गायिकाहरुले तिजलाई लक्षित गरी तिज विशेष गितको म्युजिक भिडियो निकाल्ने होड चलेको छ । विगत चार वर्ष देखि इटहरीकी गायिका ले पनि तिज गित गाउदै आएकी छन ।

यस वर्ष पनी तिज नजिकी रहेको समयमा सुनिताले पनि गाउ सहर जताततै तिजको लहर आयो बोलको भाग ४ म्युजिक भिडियो निकालेकी छन । पाथिभरा डिजिटल रेकडिगं स्टुडियोकी सञ्चालीका समेत रहेकी सुनिताले पछिल्लो पटक आउदै गरेको तिजलाई लक्षित गरि प्रेम अधिकारीको शव्द र बलराम समालको संगितमा गाउ सहर जताततै तिजको रहर भन्ने गितको म्युजिक भिडियो यु टुब मार्पmत सार्वजनिक गरेकी छन । सुनिताको गितको नृत्य निर्देशन तुलसी घिमीरेले गरेका हुन भने पुर्वेलीकला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ । इटहरीको वुढीगंगा जमुना क्षेत्रमा छायाँकन गरिएको तिज गितको छायांकन श्रीकुमार साम्पागंले गरेको जानकारी दिइयो । आगामी दिनमा समेत पुर्व रहेर आफना कला संस्कृतिहरुको जर्गेना गर्ने गितहरुका म्युजिक भिडियोहरु वनाउने योजना रहेको गायिका सुनिताले सुनाईन । सुनिताका यस भन्दा अघि उमेर पुग्यो , हरेक साल , तिजको बेला बोलका तिज गितका म्युजिक भिडियो ल्याई सकेकी छिन ।

तपाईको प्रतिक्रिया