बिरेन्द्रकुमार साह
बिराटनगर । ३३ किलो सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्दामा थप पाँच जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङको जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशले आज पाँच जना अभियुक्तहरुलाई पुर्पक्षको लाथि थुनामा राख्न आदेश दिएको हो । अदालतले काठमाडौका ५० वर्षीय बिमल पोद्दार, सोही ठाउँका ४० वर्षीय संजय खेतान भन्ने प्रभात अग्रवाल, विरगंज ७ का ५९ वर्षीय आर। डि। राजु भन्ने राजकुमार दारुका, काठमाण्डौका ४८ वर्षीय डब्बु भन्ने ईम्तियाज उद्दिन, ४३ वर्षिय सलमान खान भन्ने शैयद अकबर साहलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
सुन तस्करी तथा हत्या प्रकरण मुद्दामा पछिल्लो समय पक्राउ परेका पाँच जना र बाला दाई भन्ने बालकृष्ण खड्का र ठाकुर प्रसाद ढुङगनालाई फरार प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् गत बिहीबार मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अभियुक्तहरुको अदालतमा बयानपछि हिंजोदेखि थुनछेक बहस भएको श्रेस्तेदार दुलालले जानकारी दिनुभयो । पुर्पक्षको लागि थुनामा गएका पोद्दार नेपालमा स्थायी बसोबास भएको नदेखिँदा उनलाई संगठगित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलकी फोजदारी कार्यविधि ९संहिता० ऐन २०७४ को दफा ६७९२० ख र अन्य चार जनालाई कार्यविधि ९संहिता० ऐनको दफा ६७९१० र संगठित अपराध ऐन, २०७० को दफा ४१ का आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया