काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन सात राष्ट्रका विशिष्ठ व्यक्तिहरु अहिले नेपाल आइपुगेका छन् । बिहीबार तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै छन् ।

भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री आउनेछन् भने अन्य देशका राष्ट्रपति र प्रधानमन्त्र मंगलबार र बुधबार नै नेपाल आइसकेका छन् । यस पटक नेपाल आएका विशिष्ट व्यक्तिहरु अन्तरिम सरकारका प्रमुख सल्लाहकारदेखि पूर्व जनरलसम्म रहेका छन् ।

हेरौं उनीहरुको राजनीतिक यात्रा

नरेन्द्र मोदी
प्रधानमन्त्री, भारतImage result for narendra modi
गणतन्त्र भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पुरा नाम नरेन्द्र दामोदरदास मोदी हो । मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको वडनगर, गुजरातमा भएको थियो । बाल्यकालमा बुबालाई चिया पसलमा सहयोग गरेका मोदीले पछि आफैले स्टल सन्चालन गरेर चिया बेच्ने कार्यलाई निरन्तरता दिएका थिए ।

उनी आठ वर्षकै उमेरमा राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस)सँग आवद्ध भए र यहीबाट उनको राजनीतिक यात्रा पनि प्रारम्भ भयो । स्नातकसम्मको अध्ययन पश्चात घर छाडेर हिडेका मोदीले दुई वर्षसम्म भारतका विभिन्न धार्मिक स्थलको यात्रा गरेर गुजरात फर्किए । गुजरात फर्किए लगतै अहमदावाद गएका उनी १९७१ मा आरएसएसका पुर्णकालिन कार्यकर्ता भए ।

१९७५ मा देशभर आपतकालिन अवस्था सिर्जना हुँदा केही समय गुप्तवास बसेका उनी १९८५ मा भारतीय जनता पार्टीसगँ आवद्ध हुदै राजनीतिक यात्रा लाई अगाडी बढाए । स्न २०१४ को लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याएपछि उनी भारतका प्रधानमन्त्री बनेका हुन ।

चार पटक सम्म गुजरातको मुख्यमन्त्री बन्न सफल मोदी गुजरात विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पश्चात विकासवादी नेताको रुपमा स्थापित बने । मोदी विहिबार बिहान नेपाल आउदैछन् । यो समेत गरेर उनले प्रधानमन्त्री भएको पहिलो कार्यकालमै नेपालको भ्रमण संख्या चार पटक हुनेछ ।

मैत्रीपाला सिरसेना
राष्ट्रपति, श्रीलंका

Related imageमैत्रीपाला सिरसेना श्रीलंकाको वर्तमान राष्ट्रपति हुन । ६७ वर्षीया सिरसेना २०१५ यता श्रीलंकाको राष्ट्रपति पदमा छन् । दक्षिण एसियाली राष्ट्रबीच एउटा समानता पाइन्छ र त्यो हो पारिवारिक विरासतबाट राजनीतिमा स्थापित हुने । तर सिरसेना राजनीतिक कुलिन वर्गसँग सम्बन्धित नभईकनै पनि श्रीलंकाको राजनीतिमा स्थापित बन्न सफल व्यक्ति हुन् ।

कृषी विज्ञसमेत रहेका उनको राजनीतिक यात्रा सन १९८९ देखि शुरु भएको हो । राष्ट्रपति बन्नु पूर्व श्रीलंकाकोे संसदमा रहेर विभिन्न मन्त्रालयमा समेत उनले योगदान पु¥याइसकेका थिए । श्रीलंका पार्टीका स्वतन्त्र महासचिव सिरसेनाले २०१५ को राष्ट्रपति निर्वाचनमा महेन्दा राजापाक्षलाई पराजित गरेका थिए ।

३ हजार वर्ष पूरानो प्राचीन इतिहास बोकेको श्रीलंका ब्रिटिसको अधिनमा रहँदासम्म सिलोनका नामले चिनिन्थ्यो । १९४८ मा ब्रिटिस शासनबाट स्वतन्त्र भए पश्चात १९७२ मा यो देशको नाम श्रीलंका राखिएको हो । ७० प्रतिशतभन्दा बढि बौद्ध धर्मावलम्बी रहेको श्रीलंकामा धार्मिक हिसावले दोस्रो स्थानमा हिन्दु धर्मावलम्बी रहेका छन् ।

प्रयुत चान–ओ–चा
प्रधानमन्त्री, थाइल्याण्ड

Related imageबिमस्टेक शिखर सम्मेलनमा थाइल्याण्डको प्रतिनिधित्व गर्दै नेपाल आउने प्रयुत चान ओचा थाई आर्मीका अवकाश प्राप्त जनरल हुन् । राजतन्त्रका कट्टर समर्थक उनी सन् २०१४ देखि सत्तामा छन् । प्रयुत पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका विरोधीका रुपमा चिनिन्छन् । थाइल्याण्डमा २०१३ मा भएको भएको कु मार्फत प्रधानमन्त्री यिङलुक सिनावाता हटाए देखि उनी प्रधानमन्त्रीको पदमा रहँदै आएका छन् ।

प्रधानमन्त्री बने लगत्तै उनले थाइल्याण्डको मध्यम अर्थ व्यवस्थालाई माथि लैजाने प्रतिबद्धता जनाएका थिए । किसानलाई सहायता गरेर कम मूल्यमा गुणस्तरीय उत्पादन गर्नुका साथै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीतिलाई उनले प्राथमिकतामा राखेका छन् ।

मानव सभ्यताको सुरुवातदेखि नै मानव बसोबास रहेको स्थानको रुपमा परिचित थाइल्याण्डमा ९० प्रतिशतभन्दा बढि बौद्धमार्गी छन् । संवैधानिक राजतन्त्र रहेको थाइल्याण्डमा त्यहाँको स्थायी बासिन्दाकै रुपमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरु पनि हजारौको संख्यामा रहेका छन् ।

विन मियन
राष्ट्रपति, म्यानमार

Image result for myanmar president win myintबिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन बुधबार नै नेपाल आइपुगेका विन मियन म्यानमारमा राष्ट्रपतिको कार्यकाल सम्हाल्ने १० औँ राष्ट्रपति हुन् । लामो समय जेल जीवन बिताएका मियन ३० मार्च २०१८ मा म्यानमारको राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए । सन २०१२ देखि २०१८ सम्म प्रतिनिधि सभाको संसद रहेका मियन सन् २०१६ देखि २०१८ सम्म प्रतिनिधि सभाका अध्यक्ष थिए ।

स्नाताकोत्तर अध्ययन पुरा गरे पछि सन १९८१ मा उच्च अदालत र त्यस लगत्तै उनी सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ता समेत भए । म्यानमारमा सैनिक शासन भएको बेला लामो समय जेल जीवन बिताएका मियन जेलबाट बाहिर आएपछि सन् १९९० मा निर्वाचनमा बहुमतले विजय हासिल गरेका थिए, तर उनलाई सिट भने दिइएन । त्यसपछि उनी सन २०१२ मा निर्वाचनमा जितेर राजनीतिमा आए । २०१५ को म्यानमारको निर्वाचनमा उनी सांसद भए ।

२०१८ मार्चमा भएको राष्ट्रपतिको निर्वाचनमा ६ सय ३६ सांसदहरु मध्ये ४ सय ३ जनाले उनको पक्ष मत हालेका थिए । मियनले १७ अप्रिल २०१८ मा ८ हजार पाँच सय ५१ जना विदेशी र ३६ राजनीतिक कैदीहरुलाई क्षमादान गरेका थिए । मियन लोकतान्त्रिक नेताका रुपमा परिचित छन् ।

ल्योन्पो छिरिङ वाङचुक
प्रमुख सल्लाहकार, अन्तरिम सरकार, भुटान

Related image
दासो छिरिङ वाङचुक भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुन् । वाङचुकले कानून विषयमा जर्ज वाशिंङ्टन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । यस्तै उनले दिल्ली विश्वविद्यालयबाट कानूनमा अर्को डिग्री लिएका छन् । सन १९८७ मा वाङचुक उच्च अदालतमा एक प्रशिक्षकको रूपमा काम गरेका थिए ।

सन् १९९० देखि १९९५ उनले रोयल भुटान सेनाको लेफ्टिनेन्टको रूपमा सेवा गरे । यस्तै उनले सन् १९९३ देखि १९९९ सम्म उच्च अदालतमा न्यायाधीशहरुको अधिकारीका रूपमा सेवा गरे । वाङचुक सन् २०१० मा उच्च अदालतको न्यायाधीश भए । सन् २०१४ नोभेम्बर उनलाई भुटानका नरेशले मुख्य न्यायाधीशमा नियुक्त गरेका थिए । अगष्ट ९, २०१८ मा उनी अन्तरिम सरकारका प्रमुख सल्लाहकारको रुपमा नियुक्त भएका हुन् ।

केपी ओली
प्रधानमन्त्री, नेपाल

Image result for kp oli
खड्ग प्रसाद शर्मा ओलीको छोटकरी नाम हो, केपी ओली । उनी नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । केपी ओली २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । र, त्यही वर्ष उनी जेल परेका थिए ।

ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन । पञ्चायती व्यवस्था विरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए ।

विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन । ओली २०७२ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली नेकपाका वर्तमान अध्यक्ष पनि हुन् । उनले नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेतको पद सम्हालिसकेका छन् ।

शेख हसिना 
प्रधानमन्त्री, बंगलादेश

Image result for sheikh hasina
शेख हसिना वाजेद बंगलादेशको वर्तमान प्रधानमन्त्री हुन् । उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ मा पूर्वी बंगालको तुन्जीपारा भन्ने ठाउँमा भएको थियो । हसिना राजनीतिक विरासतबाट बंगलादेशको राजनीतिमा उदाएकी पात्र हुन् । बंगलादेशको पहिलो राष्ट्रपति मुज्जीबुर रहमानकी छोरी हुन् हसिना । उनी चार दशक भन्दा लामो समय देखि निरन्तर राजनीतिमा छिन् ।

सन १९८१ देखि बंगलादेश अवामी लिगलाई नेतृत्व गरेकी हसिना सन् १९८६ देखि १९९० र १९९१ दखि १९९५ सम्म विपक्षी नेताको रुपमा राजनीति गरेकी थिइन् । सन् १९९६ मा उनी प्रधानमन्त्री भइन र २००१ सम्म उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकी थिइन् । २००८ मा फेरि उनी प्रधानमन्त्रीमा निर्वाचित भइन् । यसै गरी २०१४ मा हसिना तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भइन् । यस पटकको निर्वाचनमा उनले संविधानको प्रमुख नियमहरूको उल्लंघन गरेको आरोप लाग्दै आएको छ ।

हसिनाका बुबाको अगष्ट १५, १९७५ मा हत्या भएको थियो । हसिनालाई संसारको सबैभन्दा शक्तिशाली महिलामध्ये एक मानिएको छ । फोब्र्सले २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनमा उनी सबैभन्दा शक्तिशाली महिलाको सूचीमा ३० औं स्थानमा रहेकी थिइन । हसिना विश्व महिला नेताहरूको परिषद्को सदस्य पनि हुन् ।

बङ्गलादेशका जनरल एरशादको सैन्य शासनको विरुद्ध अभियानका कारण उनी धेरै पटक जेल पनि गएकी छिन् । शेख हसिना माथि भ्रष्टाचारको आरोप पनि लगाइएको थियो । यसैबीच म्यानमारमा रखाइन प्रान्तमा भएको सैन्य कारवाही पछि विस्थापित भएको लाखों रोहिंग्यालाई उनले अस्थायी आश्रय दिएकी छन् । नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।

तपाईको प्रतिक्रिया