हेटौंडा/ १४ भदौ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा अहिले सुरक्षा थ्रेटको अवस्था छ । प्रहरी प्रसासनकै एक सय मिटर दुरीमा रहेको विभिन्न स्थानबाट चोरी तथा लुटपाटका घटना घट्दा समेत प्रहरी प्रसाशनलाई अत्तोपत्तो छैन ।

आज गएराती एसबिआई बैंक हेटौंडा साखा, साथीको मनि ट्रान्सफर, र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा चोरी तथा लुटपाट भए

को छ । केहि दिन अघि मात्रै हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भई करोडौंको क्षति भएको थियो । राजधानीमा भिआईपीहरुका लागि दामि गाडी छ तर एउटा गतिलो दमकल नहुँदा आगलागी नियन्त्रण गर्न गुहार माग्नुपर्ने अवस्था छ । त्यसैगरी हेटौंडा उपमहानगरपालिका भित्र विभिन्न स्थानमा सिसिटिभि जडानको विषयमा पनि विभिन्न बहसहरु भएका थिए । तर आज विहान जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा लुटपाट हुँदा समेत कसैले अत्तोपत्तो पाएन ।

नगरपालिकाकै मुटुमा चोरी तथा लुटपाटका घटना बृद्धि हुँदा समेत उनलाई कुनै जानकारी नभएको जस्तै मौन देखिन्छन् ।
तु खबरले बजारका विभिन्न स्थानमा सिसिटिभि जोड्न किन अबेला गरेको भनी जिज्ञासा राखेको थियो । यस विषयमा हेउमनपाका मेयर हरीबहादुर महतले  चाडै सिसिटिभि जोड्ने प्रतिबद्धता जनाएका छन् । उनले यस अघि पनि दमकल ल्याउँछु भनेर प्रतिबद्धता जनाएका थिए ।

हेटौंडा प्रदेशको राजधानी हो यहाँ भिआईपीहरुको पनि बसोबास छ । प्रहरीकै अगाडी चोरी तथा लुटपाटका घटना घटिरहेका छन् । तर नगरपालिका आफ्नै शैलीमा अगाडी बढिरहेको छ ।  अब त भन्नैपर्ने भएको छ, मेयर साब पहिले दमकल किन्नुस् अनि सिसिटिभि जोड्नुस्,अनिमात्रै अरु अभियानमा लाग्नुस् ।

तपाईको प्रतिक्रिया