इटहरी /जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सवारी साधन चेकिङ्गमा कडाइ गर्न थालेको छ । नियमित चेकिङको क्रममा इनरुवा सखुवागाछिको चेकिङ्गमा विभिन्न ठाउबाट काठमाण्डौ जादै गरेका बस बाट आफू खुसि राखिएका सिट तथा मुढा हटाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले पटक पटक सुचना जारी गरेपनी वेवस्था गरेपछी ट्राफिक प्रहरीले सखुवागाछिमा चेकिङ्ग गरी आफू खुसि राखिएका सिट तथा मुढा हटाएको छ । फेरी अटेर गर्दै क्षमताभन्दा बढी सिट तथा मुढा राखेमा लावरवाहीको महल अनुसार कारवाही गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक होमराज दाहालले बताए ।

तपाईको प्रतिक्रिया