इटहरी/प्रदेश नम्बर १ को राजधानी बन्न तर्फ लम्किरहेको इटहरी पूर्वको व्यापारिक केन्द्र र हरीत नगरीको रुपमा परिचित शहर हो । इटहरीमा विकासको गती तिब्र छ । इटहरी त्यसै पनि सुन्दर छ । इटहरी संस्कृतिले पनि धनि छ । हरियाली प्रकृतिको सुन्दरता भएको इटहरीमा तालतलैयाले यसको महत्व झनै वढाएको छ । त्यसमा पनी अब इटहरी लाई फूलै फूलको शहर बनाईने भएको छ । इटहरी उपमहानगरपालिकाले इटहरीलाई फूलै फूलको सहरको रुपमा बिकास गर्ने योजना ल्याएको हो । पूर्वका सुन्दर शहरको रुपमा परिचीत इटहरी अब बगैचा अनी फूलैफूलको शहर बन्ने इटहरी उपमहानगरपालीकको उपमेयर लक्ष्मी गौतम बताउछीन । आउदो दँसै सम्ममा इटहरी बजार क्षेत्रमा रंगिबिरंगी फूलेका फूलहरु देख्न पाइने उपमेयर गौतमले बताइन । इटहरी बजार क्षेत्रमा फूलेका रंगिबिरंगी फूलहरु इटहरीको पहिचान बन्ने र पर्यटकहरु पनी आकर्षीत हुने विश्वास लिइएको छ ।इटहरीलाई फूलैफूलको शहर बनाउने अभियान अन्र्तगत इटहरी चोक क्षेत्रमा बिभिन्न प्रजातीका फूलहरु रोप्न शुरु गरी सकिएको छ । विभिन्न जातका फूलहरुले ढकमक्क ढाकेको अहिले पनी केही स्थानमा देख्न सकिन्छ । पुर्व आईपुगेपछि जो कोहीलाई पनि सुन्दर फूलबारी भित्रको शहर हेर्ने रहर अवश्य जाग्ने छ । इटहरी उपमहानगरपालिकाको जनसंख्या २०६८ को जनगडना अनुसार १ लाख ४० हजार रहेको छ । जसको आधा बढि भाग ब्राम्हण क्षेत्रिको जनंसख्या रहेको छ । पुर्बको बिकशित बन्दै गरेको र बसोबास योग्य शहरका रुपमा फडको मार्दे गरेको इटहरीमा पछिल्लो समयमा पुर्बि पहाडि जिल्लाहरु भोजपुर,धनकुटा,ताप्लेजुगं,संखुवासभा लगायतका जिल्लाहरुबाट मानिसहरु बडि मात्रामा बसाइ सरेर आउने गरेका कारण पनि घना बस्ति बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया