इलाम १४ भदौं । इलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ समालबुङको सुम्फुङका ११ जना पक्राउ परेका छन् । उनिहरूलाई नेत्रविक्रम चन्द बिप्लव माओवादीको गतिविधी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पक्राउ पर्नेको अन्य विवरण खुलाइएको छैन । उनिहरूलाई विशेष सूचनाका आधारमो नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा पु¥याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया