कृष्ण जुनेली,इटहरी/  ठुलो जनावर जंगली हात्ती समेत रैथाने जस्तै गरी वस्न थालेपछि कोशी टप्पु वन्य जन्तु आरक्ष सिमा विस्तार गरिनु पर्ने निस्कर्षमा पुगेको छ ।

वि.सं. २०३२सालमा अर्ना संरक्षणका लागि स्थापित आरक्षमा ठुलो जनावर हात्ती समेत बस्न थालेपछि उसलाई ठुलो क्षेत्रफल चाहिने निस्कर्ष सहित आरक्ष क्षेत्रफल विस्तार गर्नु पर्ने निस्कर्षमा पुगेको हो ।

सुनसरी ,सप्तरी र उदयपुर क्षेत्रमा पर्ने सप्तकोशी किनारको १सय ७५ वर्गकिलो मिटर क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा हात्ती संरक्षणका लागि समेत क्षेत्र विस्तार गर्नु पर्ने अवस्था आएको आरक्षका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी वताउछन । आरक्ष विस्तार गरी ३सय १९ वर्ग किलोमिटर वनाउन आरक्षले वन मन्त्रालयलाई प्रस्ताव पठाइए सकेको समेत तिवारीले जानकारी दिए ।

एका तर्फ आरक्षले क्षेत्र विस्तारको लागि माथिल्लो निकायमा प्रस्ताव पठाइसकेको छ भने अर्काे तर्फ आरक्ष आसपासका सर्वसाधारणहरुले आरक्षबाट निस्कने जंगली जनावरहरुले मानवीय ,भौतिक तथा बालीनालीमा क्षति पुर्याउने गरेको गुनासो गरेका छन । बराहक्षेत्र १० राजवासका नेत्र हागं लिम्वु आरक्षबाट आउने जगंली जनावरहरुले वर्षेनी क्षति पुर्याउदै आउदै वताउछन । आरक्ष क्षेत्रका मानिसहरु र जंगली जनावरहरुको द्धन्द पनि आरक्ष स्थापना देखिनै चल्दै आएको छ । आरक्ष क्षेत्रका हात्ती , अर्ना ,वदेल लगायतको आक्रमणबाट केही मानिसहरुले ज्यान गुमाई सकेका छन भने भौतिक तथा बालीनालीमा समेत क्षति पुर्रयाउदै आएका छन । त्यसै गरी मानिसहरुले समेत जंगली जनावरहरुलाई क्षति पुर्याउने काम समेत समयसमय हुने गरेका छन ।

आरक्ष क्षेत्रका जनावरहरुबाट हुने क्षतिको क्षतिपुर्ति सहजरुपमा नपाइरकेको प्रयाप्त समेत नरहेको आवाज उठीरहेको अस्थामा केका लागि क्षेत्र विस्तार भन्ने प्रश्न उठ्ने गरेको संरक्षणका क्षेत्रका काम गर्दै आएको युचेप नेपालका अध्यक्ष रविन घिमीरे वताउछन । आरक्षको क्षेत्र विस्तार गर्नेहरु भने आरक्ष विस्तार हुने क्षेत्रका वासिन्दाहरुलाई उचित ठाउँमा स्थान्तरण गरिनु पर्ने साथै आसपासका क्षेत्रमा आरक्षका जनावरहरुले कुनै पनि किसिमको क्षति पुर्याउन नसक्ने व्यवस्था मिलाउनु पर्नेमा स्थानीयले जोड दिदै आएका छन ।

तपाईको प्रतिक्रिया