इटहरी/ रोटरी क्लब अफ इटहरी तथा रोटरी क्लब अफ धरान द्धरा साईकल यात्रि सुनिता सिहलाई  सम्मान गरेको छ । हरियाणकि सुनिता सिहं चोकेन गुजरातको सोमनाथ मन्दिरबाट नेपालको पशुपतिनाथ सम्मको ५००० कि.मी साईकल यात्रामा हिडेकि साईकल चालक हुन् । उनले वेटी बचाओ बेटि पढाओ र वृक्षारोपणको नारा बोकेर हिडेकी छन् । उनको यस यात्राको प्रबन्ध मिलाई दिने काम रोटरी क्लब अफ रिवारिले गरेको छ ।

भारको गुजरात तथा विभिन्न ठाउका रोटरि क्लबबाट सम्मानित हुदै सिक्किम सिलगुडि गर्दै काकडभिट्टा हुदै आज इटहरी सम्म आईपुग्न सफल भएकि छिन् । उक्त अबसरमा उनलाई रँेटीर क्लब अफ इटहरी तथा रोटरी क्लब अफ धरानले भब्य रुपमा स्वागत सम्मान गरेको छ । इटहरीको बुढि खोलाबाट उनलाई भब्य रुपमा स्वागत तथा सम्मानका साथ वालग्राम लगेर वृक्षरोपण गराईएको हो । सुनिताले उक्त स्थानमा ५० वटा विरुवा रोपेकि छिन् । उनले आङ्खना अनुभबहरु वल ग्रामकि नानिहरु बिच सुनाएकि छिन् तथा उक्त स्थानमा अन्तरक्रियात्मक कार्यत्रम पनि गएिको थियो ।

सुनिता सिह भारतको बेटि बचाओ बेटि पढाओ अभियानकि ब्राण्ड एम्बास्टर हुन् । उनि दैनिक १५० किमिको मात्र यात्रा गर्छिन् । लिकोन बुक अफ वाल्ड रेकर्डमा आङ्खनो नाम लेखाउने ठोलो धोको छ । सन् २०११ मा सगरमाथाको सफल रुपमा आरोहण गरिसकेकि यिनले भारतको नारिशक्ति अवार्ड समेत प्राप्त गरेकि छिन् ।

तपाईको प्रतिक्रिया