सरकारले सरकारी कर्मचारीको कुर्सीमा तौलिया नराख्न आदेश जारी गरेको छ । सहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्सीमा तौलिया नराख्न भनि परिपत्र समेत पठाएको छ । मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीले भने हामीले मातहतका निकायलाई परिपत्र पठाएका छौं र भनेका छौं कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्नु होला भनि । हलो सरकारमा गुनासो आए पछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

-परिपत्र

तपाईको प्रतिक्रिया