नबिन दहाल ईटहरि । क्षयरोगका विरामिहरुलाई पहिचान गर्ने र गर्भवति महिला तथा वालवालिकाहरुमा क्षयरोग निष्कृय गर्नका लागि सुनसरीको स्वास्थ्य कर्मिहरुलाई हिजो बाट ए. एन. एस र आई. एम.एन.सि.आई मा आएका गर्भवति महिलाहरुको क्षयरोग स्क्रिनिङबारे  २ दिने अभिमुखिकरण  तालिम सञ्चालन गरिएको छ ।
राष्ट्रिय क्षयरोग कार्यक्रममा  ईटहरिको युवा विकास केन्द्र सेभ द children, जिल्ला स्वास्थ्य कार्यलय सुनसरी, वि। एन। एम। टि नेपालको सयूक्त आयोजनामा उपचार बाट बञ्चित सबै क्षयरोगका विरामिलाई खोजौ, उपचार गरि निको पारौँ भन्ने मुल नाराका साथमा सुनसरी जिल्लाभरिका स्वास्थ्य कर्मिहरुलाई तालिम प्रदान गरिएको हो ।
IMG_20180827_152621.jpg
क्षयरोगको लक्षण गर्भवति महिलाहरुमा देखा परेमा समयमा जाँच  नहुने, विषेस गरि अरुसबै उमेर समुहहरुको लागि सम्पुण जाँच हुने तर गर्भवति महिला तथा वालवालिकाहरुको  क्षयरोगको  जाँच नहुने भएको कारणले गर्भवति महिलाहरुको क्षयरोग स्क्रिनिङबारे अभिमुखिकरण तालिम सञ्चालन गIMG_20180827_152647-300x225.jpgरिएको विजय गुराँगाईले बताएका छन्।  यो तालिम पश्चात स्वास्थ्य कर्मिहरुले गर्भवति महिला तथा सुत्केरि महिलाहरुको स्वास्थ्य परिक्षणमा क्षयरोगका लक्षणहरु दई हप्ता भन्दा बढि समय सम्म खोकि लाग्नु ,शरिरको तौल घट्दै जाने, शरिर दुब्लाउदै जाने,खान मन नलाग्ने,साझ पख ज्वारो आउने,खकारमा रगत देखापर्ने जस्ता लक्षणहरु देखा परेमा समयमा नै खकार संकलन गर्ने र सम्वन्धित स्वास्थ्य संस्थामा जाँचको लागि पुराउने लक्ष्यका साथमा तालिम सञ्चालन गरिएको  जिल्ला स्वास्थ्य कार्यलय सुनसरीका क्षयरोग तथा कुष्टरोग कार्यक्रमको सुपरभाईजर विजय गुराँगाई बताएका छन् ।

तपाईको प्रतिक्रिया