इटहरी । पुर्वका सञ्चारकर्मी तथा सरोकारवालाहरुले कुनै पनि वहानामा प्रेस स्वतन्त्रतालाई अंकुश लगाउनु नहुने आवाज उठाएका छन ।

नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको मुलुकी फौजदारी संहिता २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले सो आवाज उठाएका हुन ।

नयाँ कानुनका रुपमा भदै देखि लागु भएको फौजदारी संहिता र देवानी संहिताका केही वुँदाहरु प्रेसलाई अंकुश लगाउने खाले भएको भन्दै विरोध भईरहेको समयमा सुनसरीका पत्रकारहरुले प्रेसलाई अंकुश लगाउने वुँदा संशोधन गरिनु पर्ने माग राखेका हुन । त्यसैगरी कार्यक्रममा सहभागी कानुन व्यवयासीहरुले समेत केही वुँदाहरु प्रेसका लागि समेत अंकुश लगाउने खाले भएको वताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य किशोर कार्की , झापा अध्यक्ष तारामणी सापकोटा , प्रेस चौतारीका उपाध्यक्ष लिलाराज भट्टराई , नेपाल बार एशोसिएशन सुनसरी पुर्व अध्यक्ष राजु ढकाल कानुन व्यवसायी सुमनचन्द्र कार्कीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया