इटहरी । पुर्वकी चर्चित मनोरञ्जन कार्यक्रम सञ्चालिका चन्दा ख्डकाले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी गाएको घिनघिन मादल बोलको गितको म्युजिक भिडियो युट्टुवमा सार्वजनिक भएसंगै पुर्वमा लोकप्रिय वन्न थालेको छ ।

विगत चार वर्ष देखि तिजलाई लक्षित गरी सांगितीक कोशेलीका रुपमा तिज गित गाउदै आएकी नमस्ते एफ एम इटहरीकी कार्यक्रम प्रस्तोता खड्काको यस पटक ल्याएको तिज गित घिनघिन मादल लोकप्रिय वनेको हो । विगतका वर्ष झै यस वर्ष पनि दुईबटा तिज गित समेटेर संगी नामको एल्वम ल्याएकी खड्काले घिनघिन मादलको म्युजिक भिडियो तयार पारिएको हो । तिज विशेष कार्यक्रमहरुमा खड्काको घन्कने गरेका छन । सुरिलो स्वरकी धन खड्काले सञ्चालन गर्ने मनोरञ्जन तथा साहित्यीक कार्यक्रम सुन्ने स्रोताहरुले स्वर मनाउने तथा गितमा आवाज दिन आग्रह गरे बमोजिम आफु गायनमा लागेको वताइन ।

युट्टुव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो इटहरीको वुढी गंगाजमुना मुक्तीघाट क्षेत्रमा छायाँकन गरिएको तथा सो गितमा गायिका खड्का ,रिना न्यौपानेले मोडलिगं गरेका छन भने उनीहरुलाई साथ नागी डान्स सेन्टरका कलाकारहरुले साथ दिएका छन । मनिता तामागंको श्रृगांर ,आयस्वर लिम्वुको नृत्य निर्देशन र छायाँकन भुपेन्द्र तुम्वाहाम्फेले गरेका हुन । काठ्माडौको त्रिवेणी रेकडिगं स्टुडियोमा रेकर्ड गरिएको गितको शव्द संकलन राजकुमार बगरको रहेको गायिका खड्काले जानकारी दिइन । यस अघि खड्काले माइती घर भाग १ र २ , तिजको लहर नामका एल्वम ल्याइसकेकी छिन ।

तपाईको प्रतिक्रिया