विराटनगर ११ भदौ ः खोटाङ थाम खर्कका १४ बर्षीय सुमन परीयार लाई नावेल अस्पताल विराटनगरले ४ दिन देखि बन्धक बनाएको छ ।
सुमनको शारीरका विभिन्न भाग कुहिएर झर्न थालेपछी सुमनका अविभावक नेत्र परियारले उपचारकालागी नोवेल आएका ल्याएका थिए । उपचारको क्रममा

पैसा तिर्न नसकेपछी बन्धक बनाएको हो । गत ३ गते नोवेल ल्याईएका थियो । सुमनका बुबा नेत्रका अनुसार नोवेलका डाक्टरले पैसा रहुन्जेल उपचार गरे तर पैसा सकिएपछी विमारीलाई उपचार गर्न छोडे ।
भदौ ७ गते नै सुमनाई नोवेलबाट काठमाण्डौको अस्पतालमा रेफर गरेको हो । नोवेलमा उपचार गरेको बक्यौता भुक्तानी गर्न नसकेपछी सुमनलाई बन्धक बनाएर राखिएको हो ।
अस्पताल प्रशासनले उपचारको बक्यौता रकम भुक्तानी नगरे सम्म जान नदिने भएपछी सुमन उनका बुबा नेत्र र दिदी सुनिता अस्पतालको सर्जीकल वाडको ३० नम्मर बेडमा बन्धक जिवन बिताउन बाध्य छन ।
छोराको उपचारकालागी चन्दा उठाईरहेका नेत्रका अनुसार रेफर गरेको छोरालाई उपचारकालागी अन्यत्र लान पाईदैन भने म अस्पताललाई नै बुझाएर जान्छु ।

तपाईको प्रतिक्रिया