दिपक पुरी/नडाहा निजी विद्यालयहरुको छाता संगठन ग्रामिण प्याव्सन समन्वय समिति बराहक्षेत्रको आयोजनामा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रकाशपुरको सनसाइन इङ्लिस् स्कुल प्रथम भएको छ । सो विद्यालयबाट कक्षा १० मा अध्ययनरत दिनेश कालिकोटे, कक्षा १० कै अरुण दहाल र कक्षा ९ का कविता पौडेल सहभागी भएका थिए । प्रतियोगितामा २२० नं. प्राप्त गर्दै सो विद्यालय प्रथम भएको हो । बराहक्षेत्र नगरपालिका भरिका १७ वटा माध्यामिक विद्यालय सहभागी भएको सो प्रतियोगिता मा १६५ अंक प्राप्त गर्दै कालाबञ्जको मुनविम एकेडेमी द्धतीय भएको छ । सो विद्यालयबाट राहुल कट्वाल, रिदम बस्नेत, भावना वुढाथोकी सहभागी भएका थिए । प्रतियोगीतामा, सुनसरी गार्डेन एकेडेमी चक्रघट्टी ६० तथा थप १५ अंक ल्याउदै तृतीय भएको थियो । सो विद्यालयबाट स्याल न्यौपाने, आभाष खनाल तथा रोसनी बस्नेत सहभागी भएका थिए । ६० अंक ल्याउदै चतराको वराह राइजिङ् स्कुल सान्तवना भएको छ । सो विद्यालयबाट गजेन्द्र बस्नेत, भुमिका राई र डेविट राई सहभागी भएका थिए । उक्त प्रतियोगितामा प्रथम र दोश्रो स्थान हाँसिल गर्ने विद्यालयले वराहक्षेत्र ग्रामिण प्याव्सनको नेतृत्व गर्दै सुनसरी जिल्ला प्याव्सनको आयोजनामा हुने जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका सभाध्यक्ष अमृत खड्काले बताए । बराहक्षेत्र ३ नडाहामा रहेको भरौल बाल मन्दिर इङ्लिस स्कुलमा भएको सो कार्यक्रममा व्याव्सन जिल्ला सदस्य साथै सनसाइन इङ्लिस् स्कुलका विद्यालय सञ्चालक समितिका अध्यक्ष खेजेन्द्र मगर प्रमुख अतिथी, सभाध्यक्ष भरौल बाल मन्दिरका प्रिन्सिपल अमृत खड्का रहनु भएको कार्यक्रमको सञ्चालन ग्रामिण प्याव्सन समन्वय समितिका सचिव विजय कुमार राइले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा फाउन्डरहरु अतिथि रहनु भएको थियो ।बराहक्षेत्र ग्रामिण प्याव्सको आयोजनामा गत २५ गते चित्रकला प्रतियोगिताको समेत पुरस्कार वितरण गरिएको थियो । सो चित्रकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने बराहक्षेत्र ५ कालावञ्जरमा रहेको सिद्धार्थ मेमोरियल इङ्लिस् स्कुलका छात्रा अनुषा माझी, दोश्रो स्थान हाँसिल गर्ने जय सप्तकोशी इङ्लिस् स्कुल बराहक्षेत्र १० का परिवर्तन राई, तेश्रो र सान्तवना स्थान हाँसिल गर्ने आइरिस वराह एकेडेमी बराहक्षेत्र १ का रोसनी कार्की र नवराज राईलाई मेडल र सिल्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया