धरान । धरानको ऐतिहासिक धार्मिक क्षेत्र विजयपुर जोड्ने रेलिगं मार्ग शनिबार उद्घाटन गरिएको छ ।
२०७० सालमा विजयपुर अध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवालको संयोजकत्वमा निर्माण भएको २९ सदस्यीय रेलिगं मार्ग निर्माण समितिले स्थानीय तह, प्रदेश सरकार र स्थानीय उपभोक्ताबाट संकलित १ करोड ४० लाख ३३ हजार लागतमा निर्माण सम्पन्न गरेसंगै प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले सो रेलिगं मार्गको उद्घाटन गर्नुभएको हो । सोही कार्यक्रममा भरत भटराइ दव्रा लिखित सुनसरीका केही प्रमुख धाम नामक पुस्तक र सुनसरी वरपरका धार्मिक पर्यटकीय स्थल एक परिचय नामक वृत्तचित्र को पनि उदेघाटन गर्नु भयो ।
उद्घाटन पश्चात बोल्दै प्रदेश सभामुख भण्डारीले प्रदेश नं. १ ले धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको करिडोरका रुपमा विकास गर्ने योजना अगाडि सारेको बताउदै प्रदेश सरकारले यसको विकासमा निरन्तर सहयोग गर्न आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा निर्माण समितिका कोषाध्यक्ष उद्धव अधिकारीले निर्माण कार्य सम्पन्न गर्दा भएको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा उहाले धरान उपमहानगरपालिकाको ६७ लाख २६ हजार ८ सय २८, निर्वाचन क्षेत्र पूर्वधार विकास कायृक्रम सुनसरी क्षेत्र नं. १ सभासद कोषबाट १५ लाख, पर्यटन कार्यालय झापाबाट ५ लाख ४ सय १६, उपभोक्ताबाट ५० लाख ६ हजार रुपैया गरी १ करोड ४० लाख ३३ हजारमा ५ सय २० मिटर लम्बाईको रेलिगं मार्ग निर्माण भएको उहाले सार्वजनिक गर्नुभयो । यसैगरी सोही बजेटमा १६ फिट आरसी ढलाई, डे«न, ५५ मिटरको टाली लगाइएको समेत उहाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया