इटहरी । सामाजिक सञ्जालमा नगरपालिकाले अत्याधिक मात्रामा करवृद्धि गरेको भनि हल्ला फैलाइएको भन्दै इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गरी त्यसको खण्डन गरेको छ ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले विज्ञप्ती जारी गरी सामाजिक सञ्जालमा नगरपालिकाले अत्याधिक मात्रामा करवृद्धि गरेको भनि अतिरन्जीत हल्ला फैलिएको विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको जनाएका हुन ।

मेयर मेहताले जारी गरेको विज्ञप्तीमा इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६मा नागरिकलाई प्रत्यक्ष असर पर्ने कुनै पनि क्षेत्रमा करवृद्धि नगरेको र नगरपालिकाले लिदै आएको ५०वटा करको क्षेत्रमा साविक बमोजिम नै हुने उल्लेख गरिएको छ । त्यसै गरी नगरपालिकाले लिने सम्पुर्ण करमा एकल महिला अति विपन्न ,पुर्ण अपागंता भएका व्यक्तिहरुलाई ५० प्रतिसत छुटको व्यवस्था गरिएको समेत जनाइएको छ । नगरपालिकाले रिक्सा मजदुरको हकमा सिटी सफारी दर्ता नविकरण समेत निशुल्क उपलव्ध गराउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया