एजेन्सी- राजनीतिकाे कुरा गर्ने वित्तिकै हामीमा एउटा विचार पनि अाउँछ- राजनीति गर्नेहरु स्वार्थले भरिएका हुन्छन् । हुन पनि केही अघि एकअर्कालाई गाली गर्ने नेताहरु केही दिनमा अाफ्नाे स्वार्थका लागि मिलिरहेकाे देखिन्छ । जे हाेस् राजनीतिमा अाफू अनुकूल प्रसङ्गहरु र विषयहरु प्रयाेग गरिएकाे हुन्छ ।

मानिसमा मात्र हाेइन, यस्ताे खिचातानी र स्वार्थले भरिएकाे राजनीति चिम्पाञ्जीमा पनि देखिन्छ ।

अक्सफाेर्ड विश्वविद्यालयमा राजनीति शासेत्रका प्राेफेसर जेम्स टिलीले बिबिसीलाई चिम्पाञ्जीकाे समूहमा हुने शक्ति संघर्षकाे अध्ययन गरेर राजनीतिले यसबाट के सिक्छन् भन्नेबारे बताएका छन् । उनले बताएका पाँच बुँदा:

१. साथीहरुलाई सँगै राख तर दुश्मनलाई नजिक राख

चिम्पाञ्जीमा निष्ठा बदल्ने सिलसिला लगातार चलिरहेकाे हुन्छ । त्यसैले पनि चिम्पाञ्जीहरु कहिले कुन समूहमा त कहिले कुन समूहमा हुन्छन् ।

कुनै पनि समूहकाे विशेष कुरा थाहा पाउन चिम्पाञ्जीले सधैं अाफ्नाे साथीविरुद्ध जान र दुश्मनसँग मिल्नका लागि तयार हुन्छन् । यसमा अधिकांश सम्बन्ध साथीकाे भन्दा पनि फाइदाकाे कारण हुन्छ । राजनीति गर्नेहरुले पनि याे कुरालाई ध्यान दिन सक्छन् ।

२. सम्बन्ध बनाउनु छ भने कमजाेरलाई चुन्नुस्

चिम्पाञ्जीहरुमा समानताका अाधारमा गठबन्धन भइरहेकाे हुन्छ । यसकाे मतलब के हाे भने दुई कमजाेर चिम्पाञ्जी मिल्छन् र बलियाे चिम्पाञ्जीविरुद्ध संघर्ष गर्छन् ।

चिम्पाञ्जीहरुमा के हुँदैन भने एउटा बलियाे चिम्पाञ्जीसँग अर्काे कमजाेर चिम्पाञ्जी मिलाेस् ।

याे कुरा किन पनि तार्किक लाग्छ भने यदि हामीसमान समूहसँग गठबन्धन गरेकाे खण्डमा र केही उपलब्धि भएकाे खण्डमा हामीले हासिल गरेकाे उपलब्धिमा हामीलाई बढी हक मिल्ने सम्भावना हुन्छ ।

तर, अर्काे समूह बलियाे रहेछ भने हामीलाई कुनै पनि सामानकाे हक कम हुने सम्भावना बढी हुन्छ ।

३. मानिसहरु डराएकाे राम्राे तर…

चिम्पाञ्जीहरुकाे नेता निकै बलियाे हुने र डर देखाउने खालकाे हुन्छ । उसले अाफ्नाे क्षमताका अाधारमा राज गरिरहेकाे हुन्छ । तर, यस्ताे नेता लामाे समयसम्म चल्न सक्दैन ।

एक सफल नेता हुन एकले अाफ्नालागि समर्थन जुटाउनु पर्ने हुन्छ र जनताबीच अाफ्नाे पकड बलियाे बनाउनु पर्ने हुन्छ । यसका लागि नेता सहृदयी तथा दृढ हुनु पर्छ ।

४. सुविधा दिनस्, राज गर्नुस्

इतिहासलाई हेर्ने हाे भने त्याे नेताले सबैभन्दा बढी समय राज गरेकाे पाइन्छ जसले मानिसहरुलाई सुविधा उपभाेग गर्न दिएकाे छ र समर्थन हासिल गरेकाे छ ।

बिबिसी रेडियाे कार्यक्रममा जेम्सले एक एउटा त्यस्ताे चिम्पाञ्जीकाे उदाहरण दिएका थिए जसले १२ वर्षसम्म सबैलाई खानेकुरा बाँडेकाे थियाे । र, त्याे समूहमाथि अाफ्नाे नियन्त्रण कायम पनि गरेकाे थियाे ।

५. बाहिरी खतराले बढाउन सक्छ समर्थन

चिम्पाञ्जीहरुबारे अध्ययन गर्दा जेम्सले पाएका छन् कि जब समूहमा बाहिरबाट खतरा हुन्छ तब चिम्पाञ्जीकाे समूहले एकअापसमा भएकाे झगडा भुल्छन् अनि एकजुट हुन्छन् । उनीहरुले बाहिरी खतरा सामना गर्न तयार हुन्छन् ।

तपाईको प्रतिक्रिया