धनकुटा । पछिल्लो समय पुर्वी पहाडि जिल्ला धनकुटाको सागुरीगढीमा रहेको ओख्रे भ्युटावर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षकको केन्द्र वन्न थालेको छ ।

धनकुटाको सागुरीगढी ५ ओख्रेको थामडाँडामा रहेको भ्युटावरबाट तराई देखि हिमाल सम्मको दृष्यावलोकन गर्न सकिने भएको कारण आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित बन्न थालेका हुन ।

हिमाल ,पहाड तथा तराई क्षेत्रकै दृष्यहरु हेर्न सकिने ओख्रेभ्युटावर रहेको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गठीत पर्यटन तथा सुचना पुर्वाधार विकास समाज नेपालको पहलमा भ्युटावर निर्माण भएको हो । पर्यटन मन्त्रालयले पर्यटन प्रवद्धनका लागि समय समयमा सहयोग गर्दै आएपनि यस क्षेत्रलाई अझ पर्यटकीय आकर्षणको केन्द्र वनाउन अझ काम गर्नु पर्ने केन्द्रका सचिव गणेश तिमलसीनाले वताए । पछिल्लो समयमा ओख्रे भ्युटावर आउने पर्यटकहरुको संख्या दैनिक एक सय पचार देखि लिएर तीन सय सम्म भएपनि वसोवासका लागी राम्रा होटलहरु नभएको उनले जानकारी दिए । निजी क्षेत्रका लगानीकर्ताहरुले समेत बढ्दै गएको पर्यटकीय चापलाई मध्यनजर गर्दै होटल तथा रेष्टुराहरुमा लगानी लगाउनु पर्नेमा उनले जोड दिए ।

छिनछिनमा मौषममा परिवर्तन आउने ओख्रे क्षेत्रको मौषमी बातारणले समेत पर्यटकहरुलाई लोभ्याउने गरेको छ । मौषम खुलेको समयमा ओख्रे भ्युटावरबाट हिमाल देखि तराई सम्मका दृष्यहरु सहज रुपमा देख्न सकिने वताइन्छ ।

तपाईको प्रतिक्रिया