इटहरी/ इटहरी प्रदेश १ को मुख्य व्यापारिक केन्द्र इटहरीमा जथाभावी होर्डिङ बोर्ड राख्दा शहरी सौन्दर्य बिग्रनुका साथै दुर्घटनाको जोखिम बढेको छ । व्यवसायिक कारोबारमा प्रतिस्पर्धा गर्न जथाभावी विज्ञापनको होर्डिङ बोर्ड राख्ने गरिएको छ ।
इटहरी को मुख्य चोक विज्ञापनका लागि राखिएका होर्डिङ बोर्ड, पर्चा पम्प्लेटले कुरुप भएको छ । इटहरी उपमहानगरपालिकाले कारवाही अधि नबढाउँदा व्यापारिक कारोबारका होर्डिङ बोर्ड किराना पसल देखि मदिरा पसल तथा सार्वजनिक स्थल विजुलीको पोलमा समेत पर्चा पम्प्लेट टाँसिएको छ । व्यापार व्यवसायको विज्ञा

पन गर्न मदिरा कम्पनीका बोर्ड, शैक्षिक संस्थाका बोर्ड, विभिन्न मोवाइल कम्पनी, सिमेण्ट कम्पनी, वित्तिय संस्था, बैंक तथा विभिन्न व्यवसायिक प्रयोजनका होर्डिङहरु कन्सल्टेन्सी, मोटर कम्पनी, हर्वल एवं मल्टीनेशनल कम्पनीका उत्पादनहरुको प्रचारप्रसारका निम्ति त्यस्ता बोर्डहरु खुलेआम विजुलीको खम्बा लगायत सार्वजनिक ठाउँमा राखिएका छन् । अव्यवस्थित होर्डिङ बोर्डका कारण सडक तथा बजार नराम्रो देखिएको छ ।  शहरलाई व्यवस्थित बनाउन तथा दुर्घटना कम गर्नका लागि अव्यवस्थित रुपमा रहेका होर्डिङ बोर्ड हटाउनु पर्ने इटहरीका स्थानीयले बताए ।
चुनावको समयमा नगर प्रमूख व्यवस्थित नगर बनाउने आश्वासन दिएपनि त्यसका लागि कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् । ठुल्ठुला होर्डिङ बोर्ड भाडा तिरेर राखिएपनि धेरै मानिसको नजरमा पार्नका लागि मेन बजारमा राखिएकाले दुर्घटनाको जोखिम रहेको स्थानीयले बताएका छन् । होर्डिङ बोर्ड आर्कषक रहेकाले गाडी चलाक टोलाउनले दुर्घटना हुने इटहरीकाराजिब कार्की ले बताए ।

सार्वजनिक ठाउँ मन्दिर, बिजुली खम्बा, विद्यालयका पर्खालमा अनावश्यक पर्चा पम्प्लेट टाँसिएकाले शहरको सौन्दर्य विग्रिएको छ । यसले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । यसलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले अनुगमन समेत गर्न सकेको छैन । होर्डिङ बोर्डलाई व्यवस्थित गर्न सके शहरी सौन्दर्य बढ्नुका साथै उपमहानगरलाई आम्दानी समेत बढ्ने थियो । तर उपमहानगरको ध्यान यसतर्फ कहिले जाने हो ? यसै भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया