इटहरी । केही वर्ष यता देखि पुर्वी नेपालमा पनि तिजलाई लक्षित गरि तिज गितहरु निकाल्ने कार्यमा पुर्वका गायिकाहरु सक्रियन हुन थालेका छन । यही क्रममा गायिका यमुना पराजुली विष्टको पनि कलीयुगकी देवी बोलको तिज गित पनि सार्वजनिक गरिएको छ ।

इटहरीमा रहेको संगित साधन विद्यालयमा पत्रकार सम्मेलन गरी यमुनाको नयाँ तिज गित सार्वजनिक गरिएको हो । नेपाल संगित तथा नाट्यकला प्रतिस्ठानका प्राज्ञिक सदस्य राम धामीको प्रमुख आतित्थ्यतामा आयोजित तिज गित सार्वजनिक कार्यक्रममा यमुनाले गाएका चारबटा तिज गित प्रर्दशन समेत गरियो । २०५६सालमा पुर्वाञ्चल लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सुमधुर स्वरकी धन गायिका यमुनाका चार वटा गितको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । तारा पराजुलीको शव्द तथा दुर्गा पराजुलीको संगितमा यस पटकको तिजलाई लक्षित गरी यमुनाले गाएको कलीयुगकी देवी बोलको गित बजारमा आइसकेको समेत जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया