इटहरी/ नेपाल बहुजाती बहुभाषी र बहुसांस्कृतिक विविधताले भरीपुर्ण मुलुक हो । यीनै विविधता मध्ये माझी समुदाय पनी एक हो तर पछील्लो समय माझी समुदायको पेशा संकटमा छ ।

सप्तकोशी नदी किनारमा र आशपाशको क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी माझी जातिको पहिचान बोकेको पेशा संकटमा पर्न थालेको छ । माझी जातिको पुर्खाउली पेशा स्थानीय नदि नालामा माछा मार्ने, डुंगा खियाउने हो । तर वढ्दो आधुनिकता संगै माझी जातीको पुर्खाउली पेशा संकटमा परेको हो । पहिला पहिला माझी भन्ने वितिकै पानीको माउ भन्ने गरिन्थ्यो । नदी किनारामा विषेश वसोवास गर्ने माझीहरुको पुर्खाउली पेशा भनेको नदीमा डुंगा खियाउनु र माछा मारेर जिविकोपार्जन गर्नु हो । तर पछिल्लो समय आधुनिकताको कारण यो जातीको पुर्खाउली मौलिक पेशा लोप हुदै गएको रमेस माझी बताउछन् ।

सुनसरी को प्रकाशपुर, मधुवन क्षेत्रमा करिव १८ सय घरधुरी माझी जातिको बसोबास रहेको छ । माझीहरुको पहिचान संगै मौलिकता हराउदै गएको छ । सप्तकोशीसंग जोडिएका नदिहरुको आसपासको क्षेत्रलाई आफनो पुर्खाउली थातथलो मान्ने माझी जातिहरु सुनसरीको प्रकाशपुर र मधुवनमा मात्रै होईन अन्य ठाउमा वसोवास गरेपनि आफनो पुर्खाउली पेशा र पहिचान गुमाउदै गईरहे पदम बहादुर माझी बताउछन् । माछा मारेरै घर परिवार चलाउँदै आएका माझी समुदायलाई अहिले यो पेशामा विभिन्न समुदायको प्रवेशका कारण समस्या हुने गरेको हो ।

ख्इ घ स् आफनो मौलिकता गुमेको भन्दै माझी जातीको क्षेत्रमा काम गर्ने संघ संस्था र आईएलओ १६९ को नियम अनुसार यो जातिलाई अधिकार दिईएमा उनीहरुकोे मौलिकतासंगै पहिचानपनि जोगिने माझीहरु बताउछन ।

तपाईको प्रतिक्रिया