मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ प्रकासपुरमा जन्मिएकि कल्पना कविरथ हाल नगरको नजरमा पर्न सकेकि छैनन् । बराहक्षेत्र नगरपालिकाको एउटा गहनाकि रुपमा रहेकि १७ वर्षियइ कल्पना कविरथ हाल नेपालकै होचि महिला भएको भनि दावि गरि रहदा उनि प्रति नगरले भने हाल्सम्म कुनै ठोस योजना बनाउन सकेको छैन । नेपालकै सबै भन्दा अल्गा व्य

क्ति यसै ठाउमा जन्मेर हल नेपाललाइनै विश्व सामु चिनाइ सक्दा यसै स्थानमा होचि महिलाको समेत जन्म हुनुले नगरकै गौरव भएको बताउछन् नेपाल रेड क्रस सोसाइटिका प्रकाशपुर संयोजक रविन घिमिरे ।

घिमिरे भन्छन् हाल सम्म स्थानिय सरकारको नजरमा कल्पना नपर्नु आफैमा दुर्भाग्य भएको बताएका छन् । अती निम्न र राज्यको समेत ध्यान नगइ रहदा वराह खवरले मात्र उनको मूल्य बुझेको बताएका छन् । १७ वर्षिय कल्पनाको उचाइ हाल २९ इन्चि रेहेको छ । डोवर इङ्लिस वोडिङ स्कुलमा कक्षा ९ मा अध्यनरत कल्पना कविरथ लाइ अध्यन गराउने शिक्षक तथा यश विद्यालयक प्रिन्सिपल टङ्क विष्ट भन्छन् उनको पढाइ प्रतिको लगन सिलता, क्षमताको राज्यले कदर नगर्दा वराह क्षेत्रलाइ ठुलो घाटा लाग्ने बताएका छन् । उनले भने उनि उचाइले होचि भएपनि उनको जस्तो तेज दिमाख र मधुरता पन अरुमा नभएको बताएका छन् । यता नेपालकै अल्गा व्यक्ति राजन अधिकारी भन्छन् राज्यले हामि जस्ता राष्टिय स्थरीय व्यक्तिलाई हेर्ने नजरनै नभएको आरोप लगाएका छन् ।

उनले भने नेपालमा हामिहरुको संरक्षण तथा व्यवस्थापन गर्ने कुनै कानुन नबनेको बताएका छन् उनले आफुले आफ्नो अधिकार लिन समेत नेपालको सम्पुर्ण मन्त्रालयको ढोका ढक्ढकाउदा समेत आफ्नो माग कुनै सरकारी स्थरमा सुनुवाइ नभएको बताउदै कल्पनाको अधिकारका लागि आफु लाग्ने र हाम्रै ठाउमा यस्तो व्यक्ति भएको जानकारी गराकोमा वराह खवरलाइ धन्यवाद समेत दिएका छन् । उनले भने अन्य गरपालिकाले आफ्नो स्थानिय स्थरमा जन्मिएका यस्ता सारीरीक रुपमा अपाङगहरुको पहिचान गरि मासिक तलव भत्ताको व्यवस्था मिलाइ सकेको र प्रदेश र केन्द्र सरकारसँग समेत प्रतिवेदन पठाइ सकेकोले यश नगरपालिकाले हामी जस्ता व्यक्तिको हक हितका लागि नगरले केही नगरेकोमा अत्यन्त दुख लागेको समेत बताएका छन् । यता बराहक्षेत्र नगरपालिका उप प्रमुख कमला मगर भन्छिन नगरको नजरमा सन्चार माध्यमले गरेको सम्मान अतुलनिय रहेको बताएकि छन् ।

उनले भनिन् म यसै वडाको वासि भएको र मेरो समेत पहिला देखिनै ध्यान गएकोले हामी छिटै नगर स्थरीयबाट पाउने सेवा तथा सुविधा उपलब्ध गराउने र माथिल्लो नाकयको ध्यान समेत उनी तर्फ तान्ने काममा लागेको बताइन् उनले यस्ता व्यक्तिहरुको हक र हितको लागि आफु निरन्तर लाग्ने र छिटै उनको सेवाको विषयमा र नेपालकै होचि हुन वा होईनन् भन्ने विषयमा समेत खोजि गर्ने बताएकि छन् । यता कल्पना कविरथ भन्छिन् हामिलाइ स्थानिय सरकारले अहिले सम्म केही नगरेको देख्दा दुख लागेको छ अन्य नगरपालिकामा हामी जस्ता व्यक्तिलाई सम्मान गरीसक्दा समेत बराहक्षेत्र नगरपालिका मौन वस्नुले नगरको ध्यान हाम्रो तर्फ नभएको प्रष्ट देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया