पथरी / राज्यको यस्तै निती हो भने राज्यले अझै घाटा ब्यर्होने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणले बताउनु भएको छ ।

उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा भएको ३० औं चुनावी साधारण सभामा बमेल्दै राणले “प्रदेश नं.१ ब्यापार र पर्यटनले आशिबाद पाएको क्षेत्र रहेको बताउनु भएको छ । संबिधान, स्थाइ सरकार आएको र संघिय संरचनामा देश अघिबढेको त्यसमा उद्योग संगठनहरुले पनि हातेमालो गरेर अघि बढेको बताउनु भयो । देशले आथिक संविद्धीको आधार ल्याए पनि उद्योग संगठनलाई बुझन नसक्दा देशले ब्यापारमा घाटा ब्याहोनु परेको बताउनु भयो” ।

उर्लाबारी उद्योग वाणिज्य संघको ३० औँ चुनावी साधारणसभाको शनिवार उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष राणाले उर्लाबारी क्षेत्रको तनि वटा सिमसार क्षेत्रको प्रबद्र्धनका लागि महासंघले सहयोग गर्ने घोषणा समेत गरिन् । पछिल्लो समय उर्लाबारी शहरिकणतर्फ अघि बढिरहेको बताउँदै उनले यहाँका उद्योगी व्यवसायीको समस्यामा वाणिज्य संघ सारथी बन्नुपर्नेमा जोड दिईन् । महासंघको कान्छो सदस्यको रुपमा रहेको उर्लाबारी उद्योग वाणिज्य संघको भौतिक संरचना लगायतको विकासको सरहना गर्दै उनले यसैगरी संघ र व्यवसायीको हितमा लाग्न आगामी नेतृत्वलाई सुझाब समेत दिईन् । प्रदेश नं. १ सबै क्षेत्रमा आर्शिवाद पाएको प्रदेश रहेको बताउँदै उनले यहाँ कृषि, पर्यटन, बिद्युतलगायतको क्षेत्रमा निकै सम्भावना बोकेको प्रदेश रहेको बताईन् । यहाँ विश्वकै अग्लो सगरमाथादेखी नेपालकै होचो ठाउँ केचनाकवल समेत यही प्रदेशमा रहेकाले यस क्षेत्रमा आर्थिक समृद्धिको सम्भावना रहेको बताईन् । पूर्वबाटै राजनीतिक परिवर्तनको आन्दोलन सुरु भएको र त्यसमा उद्योगी व्यवसायीहरुले पनि त्यसबेला समर्थन सहयोग गरेकाले अब पूर्वबाटै आर्थिक क्रान्तिको सुरुवात गर्नु पर्ने अध्यक्ष राणाको भनाई छ । सरकारको समृद्ध नेपाल, सुखी नेपालको नारालाई सार्थक बनाउन महासंघ तत्पर रहेको बताउँदै उनले तर स्थायी सरकारको अनुभव ठोस रुपमा पाउन नसकेको धारणा राखिन् ।

त्यस्तै, साधारणसभामा महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुशल साम्बा, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधान, केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ, महासंघका प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, उर्लाबारी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, पूर्व अध्यक्ष तेजकुमार रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधरणसभामा अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले संघको वार्षिक प्रगती प्रतिवेदन र भावी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधरणसभामा बरिष्ठ उपाध्यक्ष तारामान सेरेङले स्वागत मन्तव्य राखेका थिए भने संचालक महासचिव मिलन गौतमले गरेका थिए । संघको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ ।

तपाईको प्रतिक्रिया