भनिन्छ, जहां आगो हुन्छ, त्यहां उज्यालो पनि हुन्छ, जहां फूल हुन्छ, त्यहां सुगन्ध पनि हुन्छ । दुवै एक(अर्काका हिस्सा हुन, जसमा सम्भावनाहरू लुकेका हुन्छन् ।

यसरी नै जहां प्रेम हुन्छ, त्यहां यौनको सम्भावना पनि हुन्छ । सत्य त यही हो कि यौनको मात्र सम्भावना नभएर प्रेमको कुनै मोडमा वा धरातलमा प्रेम यौन कै रुपमा व्यक्त हुन्छ र यदि यही यौन मात्र वासनाको पूर्तिका लागि गरिन्छ भने त्यहां प्रेम व्यक्त हुंदैन ।

यदि यौनले वासनाको रुप लिएको छैन भने त्यसले प्रेमलाई अरु प्रगाढ बनाउंछ ।यौन प्रेमको चरम रुप हो भने प्रेम यौनको सुगन्ध । दुवै एक(अर्काको विपरीत भएर पनि एक(अर्काका पूरक हुन् ।

यौन शरीरको आवश्यकता हो भने प्रेम मनको आवश्यकता, तर यदि दुवै कुरा सही र सन्तुलितरुपमा बिना कुनै स्वार्थ, बासना विना क्रियाशील हुन्छन् भने त्यसले आत्मालाई तृप्त बनाउंछ ।

प्रश्न उठ्छ, के यौन विना प्रेम अधुरो छ – वा प्रेम बिना यौन सम्भव छ – दुवै आवश्यकता छन् । महिला(पुरुषको शारीरिक ढांचा वा मनोविज्ञान दुवैले यहीकुरा दर्शाउंछ कि एक(अर्काको मिलनबाट नै भावना एवं सम्बन्धले पूर्णता प्राप्त गर्छ ।

मनोवैज्ञानिक अनुसन्धानबाट महिलाहरू मानसिक एवं भावनात्मक लोकमा जिउंछन् तर पुरुष शारीरिक एवं वैज्ञानिक आधारमा जिउंछन् । महिलाका लागि उनको कल्पना आधार हुन्छ भने पुरुषका लागि उसको मेहनत र क्रियाकलाप ।

महिलाको स्वभाव दिने र बांड्ने हुन्छ भने पुरुषको स्वभाव प्राप्त गर्ने र त्यसमाथि रजाइँ गर्ने हुन्छ । यस्तै कारणले गर्दा महिला पुरुष एक(अर्काका विपरीत हुन् र तिनको आवश्यकता, प्राथमिकता, इच्छा आदि पनि फरक छन् । तथापि दुवैमा एक(अर्काप्रति प्रेम, आकर्षण र वासना हुन्छ । यही कुराले विपरीत भएर पनि उनीहरू एक(अर्काप्रति आकर्षित हुन्छन् ।

प्रकृतिले महिलालाई दिएको कुरा पुरुषसित छैन र पुरुषसित भएको कुरा महिलासित छैन । अतः यी दुई बीचको आकर्षण प्राकृतिक रुपमा पनि स्वाभाविक छ ।

त्यसैले दुई बीच मिलन हुन्छ, आपसी मिलनबाट एक(अर्काको अधुरोपन पूरा गरी पूर्णता र तृप्ति हासिल हुन्छ । यो मिलन वा मिलनको कल्पना मात्रले पनि महिला(पुरुष दुवै रोमाञ्चित हुन्छन्, व्यक्ति प्रेमले भरिन पुग्छ । अतः यौनको आनन्द प्राप्त गर्न र प्रेम अनुभव गर्न महिला पुरुष आ(आफ्नो तरिका अंगाल्छन् ।

महिला(पुरुषको मनोविज्ञानलाई मध्यनजर गरेर कुरा गर्ने हो भने पुरुष यौनका लागि प्रेम गर्छ भने महिला प्रेम प्राप्त गर्न यौनका लागि स्वीकृति दिन्छिन् ।

दुवैसित एक(अर्कालाई पूर्णता गर्न बहाना र माध्यम उपलब्ध छन् । पुरुष प्रेम दर्साएर आफ्नो भागको यौन सुख हासिल गर्छ भने महिला यौन सुख अनुभव गरेर वा यौनलाई स्वीकार गरेर आफ्नो भागको प्रेम प्राप्त गर्छिन् ।

वास्तवमा यो प्रेम र यौनको आदान(प्रदानबाट महिला-पुरुष दुवैमा एक गहन तृप्ति जन्मन्छ, जसले प्रेमलाई अरु प्रगाढ र गहिराइमा लान्छ । प्रेम र यौन एक(अर्काका पूरक हुन् । अन्य अर्थमा हेर्ने हो भने पनि यौन प्रेम कै एक मजबुत पक्ष हो, जसका माध्यमबाट प्रेमीले आफ्ना भावनालाई यौनका माध्यमबाट अभिव्यक्त गर्छ वा गर्न सक्छ ।

यौनको अर्थ सम्भोग मात्र नभएर शारीरिक क्रिया र इसारासित पनि सम्बद्ध छ, जसका माध्यमबाट व्यक्तिले आफ्नो प्रेम दर्साउँछ । जुन कुरालाई शब्दमा व्यक्त गर्न सकिंदैन, त्यसलाई शारीरिक क्रियाका माध्यमबाट व्यक्त गर्ने यौनले अवसर प्रदान गर्छ ।

मनको सम्बन्ध विना तनको सम्बन्धको कुनै अर्थ हुंदैन तर यदि आपसमा मानसिक सम्बन्ध राम्रो छ भने साथीको स्पर्श, चुम्बन, आदि आनन्ददायक अनुभव हुन्छ । आपसमा प्रेम छ भने त्यसलाई व्यक्त गर्न व्यक्तिले यी कुरालाई माध्यम बनाउंछ वा यी कुराले प्रेम सम्बन्धमा थाहै नपाई स्थान बनाउंछ ।

प्रश्न उठ्छ, प्रेम भएर पनि यौन हुंदैन वा नहुने सम्भावना रहन्छ र – आत्माको धरातलमा यसो हुन सक्छ तर साधारण भौतिक वा सांसारिक धरातलमा यस्तो सम्भव छैन । महिला(पुरुषबीच स्वाभाविक आकर्षण हुन्छ, आकर्षण छ भने इच्छा हुन्छ र इच्छाले तृप्तिको बाटो खोज्छ । तर व्यक्तिले आफ्नो तृप्तिका लागि रोज्ने बाटो फरक हुने कुरा बेग्लै हो ।

किनभने विना प्रेम यौनसम्पर्क गर्न एक प्रकारको बलात्कार हो । तर जो आफ्नो प्रेमीसित यौन सम्पर्क गर्दैन वा गर्न सक्षम हुंदैन, उसले आफ्नो शारीरिक तृप्तिका लागि अन्य माध्यम रोज्छ ।

तन र मनले उसलाई आफ्नो इच्छा पूरा गर्न प्रेरित गर्छ । यसै कारणले जुन सम्बन्धमा आपसी प्रेम भएर पनि शारीरिक सम्बन्ध ठीक ढङ्गबाट स्थापित हुन सकेको हुंदैन, तिनका बीच अप्रत्यक्षरुपमा एक(अर्काप्रति गुनासो रहन्छ । ढिलो चांडो यो उनीहरूको व्यवहारमा पनि देखापर्छ र सम्बन्ध विग्रने स्थितिसम्म पुग्ने सम्भावना हुन्छ ।

कैयनका लागि प्रेमको अर्थ नै यौन हुन्छ, अतः उनीहरू यौनका लागि आफ्नो साथीबाट सन्तुष्ट भएर पनि बाहिर विकल्प खोज्छन् र यौनका नाममा प्रेम गर्छन् ।

तपाईको प्रतिक्रिया