इटहरी/इटहरी उपमहानगरपालीका वडा नम्बर १६ मा बर्थिङ सेन्टर उद्घाटन भएको छ । इटहरी उपमहानगरपालीकाले बर्थिङ सेन्टर खोल्ने कार्यक्रम अन्तर्गत वडा नम्बर १६ मा बर्थिङ सेन्टर खोलीएको हो । कार्यक्रममा प्रमुख अतिथि उप मेयर लक्ष्मी गौतमले महिलाहरुले आगामी दिनहरुमा सुत्केरी हँुदा घरमा नभई बर्थिङ सेन्टरमा गइ सेवाको उपयोग गर्न आग्रह गर्नुभयो । उपमेयर गौतमले नगर लाई सत प्रतिसत स्वस्थ्य संस्थामा सुत्केरी गर्न आवस्यक पुर्वधार बिकास गर्ने बर्थिङ सेन्टर खोलीएको उहाले बताउनु भयो । उपमेयर गौतमले केही दिन भित्रैै वडा नम्बर १७ मा पनी बर्थिङ सेन्टर सुरु गरीने बताउनु भयो । बर्थिङ सेन्टर मा सुत्केरी गराउने महिलाको लागि प्रोसाहन भत्ता रु १००० नेपाल सरकारले प्रदान गर्दै आएको र स्थानीय सरकार इटहरी उपमहानगरपालीका ले पनी रु १००० प्रदान गर्ने भएको छ । गाँउमै बर्थिङ सेन्टर उदघाटन भएपछी अब सुत्केरी गराउन धरान विराटनगर धाउनु पर्ने वाध्यता नपर्ने स्थानीयले अपेक्षा गरेका छन । स्थानीयले आफ्नै गाउँठाउँ बाटै सेवा लिन पाउने भएपछि खुसी भएका छन ।

तपाईको प्रतिक्रिया