मदन अधिकारी/प्रकाशपुर/लौकही बाट झुम्का सम्म निर्माण हुने कृषि सडकको काम तिब्र गतिमा अघि बढेको छ । ए.डि.वि.को सहयोगमा निर्माण भएको सो सडक तिव्र गतिमा निर्माण भइरहेको निर्माण कम्पनिका सव इन्जिनियर सन्जिव ठाकुरले बताए । यता वडा कार्यालयले पनि सो तिब्र गतिमा निर्माण भइरहेको सडकको निगरानी गर्ने भएको छ । सो निर्माण भएरहेको सडकमा सहजिकरण गर्ने उद्देश्यले वराहक्षेत्र नगरपालिका वडा नं. ९ र १० को संयुक्त गुनासो निधान समिति तयार भएको थियो । सोही गुनासो निधान समितिलेनै उक्त सडकको गुणस्तरियता, स्तरीयता आदिका विषयमा समेत निगरानी गर्ने १० नंं वडा सचिव होम प्रसाद लिम्वू (बसन्त) ले बताए । १० नं. वडा अध्यक्ष महेन्द्र वहादुर खत्रीले जनताको सेवा गर्दै सो सडकको समेत निरन्तर निगरानी गर्ने बताएका छन् उक्त सडक लौकही बाट मधुवन, जुङ्गे चौक हुदै रामधुनी मन्दिर सम्म जोडिने छ ।

तपाईको प्रतिक्रिया