मोरङ । नेपाली काँग्रेसका नेता तथा केन्द्रिय सदस्य डा.शेखर कोईरालाले कञ्चनपुरमा बालिका बलत्कार प्रकरणमा सरकार र प्रहरीले दमन गरी जनतालाई आक्रोशित पारेको आरोप लगाउनुभएको छ । नयाँ कानुनको दम्भ देखाएर सरकारले चालेका कदमबाट देशमा मौलिक हक छ कि छैन भन्ने अवस्था आएको नेता कोईरालाले बताउनुभयो ।

मोरगंको सलकपुरमा नेपाल

महिला संघ क्षेत्रीय समितीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोईरालाले सरकारले नागरिक माथी दमन गरी अराजकता निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।

सरकारका कार्यहरुले देशको लोकतन्त्रलाई नै संकटमा पुर्याउन लागेको उहाँको भनाई थियो । यस्तै फरक प्रशंगमा बोल्दै नेता कोइरालाले सरकारले नेपाली प्रेसलाई अंकुश लगाउने काम भईरहेको बताउनुभयो । सरकार प्रेसका व्यक्तिहरुलाई बोलाएर केरकार गर्दै सेल्फ सेन्सरसिप गर्न लगाएर लोकतन्त्रलाई नै प्रहार गर्न खोजेको उहँले बताउनुभयो । भर्खरै ठुला मिडियाका पत्रकारहरुलाई बोलाएर केरकार गर्नु त्यसको प्रयास भएको उहाँको भनाई थियो ।

लोकतन्त्रलाई बचाउन सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो । काँग्रेसले सरकारका विरुद्ध आन्दोलन गर्यो भन्नु भन्दा पनि सरकारले आफ्ना गल्तिहरुलाई सच्याउँदै सहि कार्य गर्नुुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया