इटहरी । इटहरी उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालनमा रहेका तीन वर्ष भन्दा वढी समय नविकरण नगरिएका व्यवसायीक फर्महरुलाई जरिवना नलिने व्यवस्था मिलाएको छ ।

विभिन्न कारणले तीन वर्ष भन्दा वढी समय देखि नविरकण नगरिरहेकाहरुलाई नविरणका लागि सहज हो भनेर नगरसभाले नै जरिवना नलिने व्यवस्था गरेको हो ।

लामो समयको नविरण गर्दा धेरै जरिवना तिर्नु भन्ने तर्फ मध्यनजर गर्दै व्यवसायीक कर तीन वर्षको तिरेर नविकरण गर्ने व्यवस्था मिलाइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन । उनले धेरै पुरानो समय देखि इटहरीमा व्यवसाय गर्दै आएकाहरुलाई सहज होस भन्नका लागि यो व्यवस्था गरिएको समेत वताइन । असोज मसान्त सम्म नविरणका लागि आउने पुराना व्यवसायीक फर्महरुले तीन वर्षको कर वुझाएर नविकरण गर्न पाउने मात्र नभएर जरिवना पुर्ण रुपमा छुट दिइएको समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया