इटहरी । कृषि क्षेत्रलाई बहुउपयोगी वनाउनु पर्ने इटहरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । नेपाल युवा संस्था सञ्जाल प्रदेस नम्वर १ र युवा विकास केन्द्र इटहरीले संयुक्त रुपमा आयोजना गरेको युवा कृषि उद्यमशिलता सम्वन्धी युवाहरुसंगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले कृषि क्षेत्रको विकासमा जोड दिएका हुन ।

युवाहरुलाई कृषि क्षेत्रमा लाग्न अभिप्रेरणा दिदै कृषि विज्ञ मदन राईले कृषिलाई निर्वाहमुखी मात्र नवनाएर वनस्पती जडीवुटी ,व्यवसायीक कृषिका साथै कृषि पर्यटनमा लाग्ने आग्रह गरे । उनले कृषि क्षेत्रलाई आम्दानीको राम्रो स्रोत र जडीवुटी तथा विषादीरहित खाध्यान उत्पादन गरेर मानव स्वास्थ्यका लागी समेत लाभ लिन सकिने वताए । कार्यक्रममा विभिन्न क्षेत्रका ४० जना जति युवाहरुको सहभागिता रहेको युवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया