रामधुनी/ रामधुनी नगर पालिका कार्यालयमा दुई करोड ९६ लाख ५० हजार ९१३ रुपैया ५२ पैसा बेरुजु पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षकले तयार गरेको प्रारम्भिक प्रतिबेदनमा नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७३÷०७४ को विनियोजित राजश्व, धरौटी, र अन्य आर्थिक कारोबारमा बेरुजु रकम रहेको फेला परेको उल्लेख गरीएको छ । नगरपालिकाबाट प्राप्त सूचना अनुसार साविक डुम्राहा गाबिसको सबै भन्दा बढी बेरुजु रकम देखिएको छ । तत्कालिन डूम्राहाको बेरुजु रकम १ करोड, ५४ लाख, ६१ हजार २५७ रहेको छ ।
साबिक डुम्राहा गाबिस रामधुनीमा समायोजन भई हाल रामधुनीको वडा ८ र ९ भएको छ भने केही वडा इनरुवा नपामा समायोजन भएको थियो । डुम्राहामा पेश्की रकम लिनेहरुमा रुह बस्नेत दुई पटक गरी लिएको रकम ६८ लाख, २० हजार ७२०, कर्मचारी शितल चौधरी ५७ लाख, ९६ हजार चन्द्र कमल माबिका मायाराम चौधरी ८० हजार, दलित मुक्ति समाज १ लाख, ८ हजार ७५२, अपाङ उत्थान डुम्राहा १ लाख २९हजार , ७८२, सुरेश पिठाकोठे २५ हजार, नव जागरण महिला कृषि सहकारी ३ लाख ७५ हजार सहित बिभिन्न ब्यक्ति तथा संस्थाको नाममा लिएको पेश्की फछ्र्यौट हुन बाकी देखीएको छ ।
वेरुजुमा रकमहरु मध्यै खरीदार ललित कुमार चौधरीको नाममा नगद ३७ हजार १०५ रुपैया देखिएको छ । त्यसैगरी बिल भर्पाइ पेश नगर्ने नेपाल पिछडा बर्ग महासंघ डुम्राहा १ लाख, आदिबासी जनजाति महासंघको नाममा २१ ह्जार समेत रहेको देखिएको छ । त्यसैगरी रामधुनी नगरपालिका कार्यालयको १ करोड ३३ लाख ९२ हजार , ७६२ रुपैया ९२ पैसा बेरुजु रकम रहेको प्रतिबेदनले देखाएको छ । रामधुनी नगरपालिकामा बढी पेश्की लिनेहरु झुम्का बधशाला निर्माण उपभोक्ता समिति ११ लाख, हर्ष लाल चौधरी ३ लाख, ६१ हजार ७ सय, दिलिप कुमार चौधरी १ लाख ९८ हजार, ७ सय, नेपाल आदिबासी जनजाती महासंघ २ लाख ८२ हजार , ५ सय रुपया रहेको छ । साथै बिभिन्न ब्यक्ति, निर्माण सेवा र उपभोक्ता समितिको नाममा लिईएको पेश्की रकम अझै फर्छयौट नभएको प्रतिबेदनले देखाएको छ ।

यसैगरी रामधुनी नगरपालिका समायोजन भएका साबिक बक्लौरी गाबिसको ७ लाख ९६ हजार, ८९३ रुपैया ६० पैसा बेरुजु रकम रहेको प्रतिबेदनले देखाएको छ । बेरुजु रकमलाई असुल गर्नु पर्ने, नियमित गर्नु पर्ने, प्रमाण पेश हुनु पर्ने र सैद्धान्तिकमा बर्गीकरण गरीएको छ । वेरुजु रकमको बारेमा रामधुनीका नगर प्रमुख जय प्रकाश चौधरीले बेरुजु फछ्र्यौटका काम तदारुकताका साथ भैरहेको बताए । प्रमुख चौधरीले आन्तरीक लेखा परीक्षण तथा बेरुजु फर्छयौट र सम्परीक्षणका लागि प्रशासन तथा राजश्व अधिकृत बिनय परीयारको संयोजकत्वमा समिति निर्माण गरीएको बताएका छन् ।
नगरपालिका कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपानेले तीन खालको बेरुजु रहेको बताउदै लेखा परीक्षणबाट सैद्धान्ति बेरुजु पुष्टयाई लेखेर र निममित गर्ने बेरुजु कागजपत्र पेश गर्दा हटाउन सकिने बताए । असुल उपर गर्ने बेरुजु ब्यक्ति तथा संस्था संग असुल उपर गरीने उनको भनाई छ । बेरुजु फर्छयौटका लागी कार्यालय मात्र होइन, सम्बन्धि पक्षको पनि दायित्व हुन्छ, फर्छयौटका लागी तदारुकथाका साथ काम अगाडी बढेको बताउदै प्रयास जारी रहेको उहाले जानकारी दिए ।

मर्निङ टाइम्स बाट

तपाईको प्रतिक्रिया