इटहरी । अधिक आम्दानीका लागि अधिक शक्ति भन्ने नाराका साथ हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाजको थ्री व्हीलर पिक अप लोडर मेक्सिमा सी प्रदेस नम्वर १मा लञ्च गरेको छ।

बजाज अटोको नेपाली आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली बजारमा ल्याएको बजाजको थ्री व्हीलर पिक अप लोडर मेक्सिमा सी को एक कार्यक्रमका विच लञ्च गरिएको हो ।

डिटि एस आई इन्जिनमा २३६ सी सी को फोर स्ट्रोक विशेषता भएको मेक्सिमा सी तीन आकर्षक रंग पहेँलो , नीलो र हरियोमा उपलव्ध रहेको सो अवसरमा जानकारी दिइयो । उधोग वाणीज्य संघ पुर्वाञ्चलका निर्वतमान अध्यक्ष टङ्क दुलालको प्रमुख आतिथ्यमा भएको लन्च कार्यक्रममा बोल्दै कम्पनीका डि. एम. योगेन्द्र श्रेष्ठले देशको बढ्दो बेरोजगारीको समस्या समाधान गर्न धेरै सङ्ख्यामा रहेका बेरोजगार युवाशक्तिलाई स्वालम्बन बनाउन बजाजले महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको र नयाँ पिक अप लोडर मेक्सिमा सी ले समेत थप योगदान र्पुयाउने छ विश्वास व्यक्त गरे ।

मेक्सिमा सी ५ क्वीन्टल सम्मको सामान ओसारप्रसार गर्न सक्ने क्षमता रहेको र १२ लीटर पेट्रोल ट्याङ्कीरहेको यो पिक अप लोडर सहरी क्षेत्रमा तथा ग्रामिण क्षेत्र दुवैका लागि उपयुक्त रहेको समेत सो अवसरमा जानकारी दिइयो । नपाली बजारमा यसको मुल्य ६ लाख रहेको छ ।

तपाईको प्रतिक्रिया