उदयपुर, भदौ ८ गते / उदयपुरका पत्रकारहरुलाई विपद् व्यावस्थापन न्युनिकरण तथा व्यवस्थापन बारे धनकुटाको भेडेटारमा तालिम शुक्रबार आयोजना गरिएको छ ।

जाल्पा एकिकृत विकास समाजकोे आयोजना तथा वल्र्डभिजनको सहयोगमा आयोजित दुईदिनेतालिममा विभिन्न मिडियाका २५ जना पत्रकारहरु सहभागि छन् ।

विपद्को अवस्थामा कसरी समाचार संकलन र सम्प्रेक्षण गर्ने भन्ने विषयबस्तु रहेको तालिममा सिंहबहादुर खड्का र यज्ञप्रसाद शर्मा प्रशिक्षक रहेका छन् ।

आयोजक संस्थाका अध्यक्ष पुष्प पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन समारोहका अतिथिहरु नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्लाका पदाधिकारी, वल्डभिजन, आयोजक संस्थाका प्रतिनिधिहरुले मन्तब्य राख्दै तालिमको सफलताको कामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया