जनता बहुमुखी क्याम्पस विए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बृक्षारोपण कार्यक्रमको आयोजना गरेका छन् ।

विए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रकाश तिम्सिनाका अनुसार क्याम्पसमा विभिन्न ७ प्रकारका विरुवाहरु रोपिएको हो । क्याम्पसलाई हराभरा बनाउने उदेश्यले हामीले बृक्षारोेपण गरेका हौँ । उनले भने । उक्त बृक्षारोपण कार्यक्रममा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुले विरुवा रोपेका थिए । यो एउटा सुरुवाती चरण मात्र भएको र क्याम्पसको हितको लागी अन्य धेरै काम गर्न बाँकी रहेकोले सबैको साथ र सहयोगको आशा राखिएको तिम्सिनाले बताए । बृक्षारोपण कार्यक्रममा प्राध्यापक डा टंक प्रसाद न्यौपाने , प्राध्यापक निलम चौलागाई , विमल नेपाल लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया