इटहरी ,८ भदौ। आउने नयाँ बर्षमा सुनसरीको चतरामा कुम्भमेला लगाउने बारेमा छलफल शुरु भएको छ । नम्बर प्रदेश नम्बर एक का सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनदास देवाचार्य बिच यस बारेमा छलफल भएको हो ।
हिन्दू धर्मशास्त्रमा आदिकालदेखि नै वराहक्षेत्रस्थित चतराधाममा कुम्भमेला लाग्दै आएकोमा बीचमा रोकिएको थियो। त्यसैलाई पुनःस्थापना  गरी निरन्तरता दिने कार्य बालसन्त मोहनदास देवाचार्यले गर्दै आउनु भएको छ । प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवचार्य महाराजले खोज र अनुसन्धानपछि चतरामा कुम्भमेला लाग्ने गरेको पुष्टि भएपछि यसलाई निरन्तरता दिन थालिएको हो। कुम्भ मेला सुरु गरिएपछि चतरा क्षेत्रको विकासले तीव्रता पाएको जगद्गुरु देवाचार्यले बताएका छन्। नयाँ वर्ष २०७६ बैसाख महिनामा सुनसरीको चतराधाममा लाग्ने कुम्भ मेलाको विषयमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा छलफल भएको हो । मन्त्रालयको पहलमा कुम्भको तयारी लगायत विषयमा प्रदेश सरकारका मन्त्रालय तथा सरकोकारवालाबीच भदौ २३ गते सर्वपक्षीय छलफल समेत गर्ने तयारी गरिएको छ ।
अमृतको तर (छाली) नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
भारतको उत्तर प्रदेशस्थित इलाहाबाद, मध्यप्रदेशस्थित उज्जैन, महाराष्ट्रस्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा मात्र लाग्दै आएको विश्वकै ठूलो मेलामध्येको कुम्भमेला नेपालमा समेत हुनु नेपालीको गौरव र विकाससँग जोडिएको धार्मिक गुरुहरूले बताउदै आएका छन्।
चतराधाम प्रचिन हरिद्वारका रुपमा रहेको भन्ने बालसन्तले प्रचार गर्न सफल भएपछि अघिल्लो समयमा कुम्भमा भारतका समेत हिन्दू धर्मालम्बी चतरा आउनले गरेका छन् । कुम्भमा हिन्दु धर्मालम्बीको ठूलो घुइँचो लाग्ने गरेको छ ।

कुम्भ मेला के हो ?

कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिइन्छ। यो मेला पृथ्वीमा जम्मा ५   ठाउँमा लाग्ने गरेको छ |शास्त्रले  इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका  हरिद्वार ,प्रयाग ,नाशिक र उज्जयिन हुन्  जहाँ  प्रत्येक १२/१२ बर्षमा लाग्ने  कुम्भ मेला लाग्ने गरेकोछ र बाँकी १  कुम्भ मेला  नेपाल को सुनसरी जिल्ला स्थित कोशी  नदीको किनार  प्राचिन हरिद्वार चतारधाममा  हो भन्ने कुरा शास्त्रहरुले मुक्तकण्ठले प्रस्तुत  गरेका छन् |

     शास्त्रीय  प्रमाण

समुन्द्र मन्थन पछी  उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन  देवता र दैत्यका वीच भएको  लुछातानीको क्रममा जहाँ–जहाँ  अमृत खस्यो  खस्यो त्यहाँ–त्यहाँ कुम्भपर्व भनेर बताइएको छ । जस्तै

विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे 

सुधाविन्दु विनिक्षेपात् कुम्भपर्वेति विश्रुतम् ।।१८।।

विष्णुद्वार भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी साथै गोदावरीतट गरी चार स्थानमा अमृतका विन्दुहरू झरेका हुँदा यी चार स्थानमा पहिलादेखि नै कुम्भ भनेर विख्यात भएको देखिन्छ  |

तपाईको प्रतिक्रिया