कृष्ण कला राई /इटहरी, भदौ ६/  इटहरी-९, ट्याङ्गरा खोला छेउ ८ घर कुमाल परिवारहरूको बसोबास रहेको छ। माटोका अाकर्षक र सुन्दर भाँडाकुँडा, घर-सजावटका सामान पुजाका सामानहरू बिक्री गर्न बाटो छेउ राखेको सामाग्रीले जोकोहीको ध्यान अाफुतर्फ तानेको पाइन्छ ।दिनहुँ नियमित बिक्रीवितरण भएतापनि, विशेषगरि हाट लाग्ने सप्ताहको दुई दिन बढी बिक्री हुने जानकारी उद्यमी हरेराम पण्डितले दिनुभयो । वार्षिक १ लाखको छेउछाउ मा हुने अाम्दनीबाट एक परिवारको भरणपोषण अारामले हुने जानकारी साना उद्यमी… बताउँछन् । धेरै जसो वस्तु अाफै उत्पादन गर्ने, र केही सिलिगुडीका व्यवसायीहरूबाट खरिद गरिने बताउँछन् उद्यमी पण्डित ।

विवाहउत्सव, पुजा एवम् चाडपर्वको अवसरमा बिक्री बढ्ने गरेको तर पछिल्लो समयमा प्लास्टिकका एवम् सिसाका सामानले बजार अोगटेकोले , माटा का भाँडाकुँडा विस्थापित भइरहेको एक चुनौती यी सानासाना उधमीहरूले भोग्नुपरेको छ। कम्तीमा रू २०/- र बढिमा ४०००/- सम्म मूल्य पर्ने बिक्री गर्ने गरेको व्यावसायी बताउँछन् ।भाँडाकुँडा सामान निर्माणका लागि कच्चापदार्थको रूपमा माटो, सुनसरीको बर्जु गाउँपालिकामा अवस्थित बर्जु तालबाट ल्याउपर्ने र भट्टि लगाउनु पर्ने दाउराले गर्दा उत्पादन लागत बढि पर्न जान्छ, तर प्रती एकाइ वस्तुको मुल्य कम हुने भएकोले यो पनि एक चुनौती रहेको उधमी बताउँछन् । स्थानीय तहमा बढि बिक्री हुने सामानहरूमा , स्थानीय अादिवासी समुदायले प्रयोगमा ल्याउने परम्परागत घरेलु रक्सीको उत्पादनका लागि चाहिने फुङ्गा, नानी , बिहेमा प्रयोग हुने दहि बोक्ने हण्डी, जन्म र मृत्यु का कर्मकाण्डका लागि चाहिने सामान एवम् गमला लगायत अन्य सामानहरू।बिक्री हुने बताउँछन् कुमाल उद्यमीहरू।

इटहरी बजार बाहेक नजिकको अन्य शहरी क्षेत्रमा समेत थोक मुल्यमा वस्तु बिक्री गर्ने उद्यमी बताउँछन् । अौधोगिकरण को विकास र बढ्दो प्लास्टिका सामान प्रयोगबाट स्वास्थ्यमा र वातावरणमा असर पर्ने भएकोले , र यसको प्रभाव यी साना उधमीहरूमा समेत पर्ने भएकोले यस्ता परम्परागत साना उद्योगहरूको संरक्षणका निम्ति सम्बन्धित निकायको ध्यान जानू अावश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया