चन्दन रौनियार  सुनसरी भदौ ७ / सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । बुधवार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १७गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक मिथुन चौधरीले जानकारी दिएको हो । दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक वर्ष मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउन

का लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् । महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर स

म्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने आयोजक मूल समितिको सचिव राकेश मुन्दडाले बताएका छन् । सुनसरीको दुहबीमा लगातार ७ वर्षदेखी भव्यक्ताका साथ

मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें ।

कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा ५ लाख देखी ६ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् । महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने संयोजक चौधरीले बताउदै निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं १७र१८ गते भजन किर्तन र प्रसाद वितरण, १८ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल ¥याली र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन् ।

तपाईको प्रतिक्रिया