खोरेत रोगका कारण इटहरी आसपासका क्षेत्रको  पशु चौपाया बिरामी परेका छन । पशु चौपाया वृद्धि हुँदै जान थाले पछि किसानहरु चिन्तामा पर्ने थालेका छन । एकातिर रोग बढ्दै गइ रहेको र अर्को तर्फ उपचार हुन नसक्दा
समस्या दिनानुदिन बढ्दो अबस्थामा रहे पनि इटहरी उपमहानगरले भने किसानहरुलाई वेवस्ता गरेको किसानहरुको आरोप छ ।

गाईबस्तुमा आएको खोरेत नामक सरुवा रोगको महामारी फैलिएको इटहरी १ आँपगाछीमा न्यू बुढासुब्बा कृषि फर्म सञ्चालन गदै आएको मनराज पुरीले बताए । उनले भने ४ गते एउटा गाईमा आएको सरुवा रोगले पुरै गोठमा
फैलिएको जनाए । गाउँभरीको गाईबस्तु विरामी हुदै मर्ने थाल्दा पनि इटहरी उपमहानगरपालिकाले वेवस्ता गरेको उनको आरोप थियो । कृषकहरुको लागी पशु डाक्टर तथा प्राविधिक उपमहानगरपालिकामा भए पनि हेर्ने सम्म नआएको उनको
गुनाासो थियो ।

बारम्बार रोग वारे जानकरी गराएपनी पशु स्वास्थ्यले औषधि तथा भ्याक्सिन नभएको बताउँदै आएको किसानहरुको भनाई छ । ४ वटा गाई एकै पटक विरामी भएको आनन्द राईसमिलका सरोज कटुवालले बताए । गाईमा खोरेत रोगले समस्या आएको उनी बताउँछन । केहि दिन अघि देखि गाई विरामी भईरहेको उनको भनाई थियो । रोग वारे जानकरी गराउँदा पनि पशुस्वास्थ्यले ध्यान नदिएको भन्दै इटहरी वासीले आक्रोश पोखेका छन ।

तपाईको प्रतिक्रिया