चिचिला गाउँपालिका २ खेवाटारबासीले रकम संकलन गरेर सडक मर्मत गरेका छन् । वर्षाले सडक बिग्रीएपछि उनीहरुले रकम संकलन गरेर सडक मर्मत गरेका हुन् । उन्नति परियोजनाले निर्माण गरेको भ्याङ्खोला–तम्बे सडक खण्डको गैरिआङ्ला–खेवाटारको करिब १ किलोमिटर सडक मर्मत गरेका छन् । उक्त सडक प्रयोग गर्ने मोटर साईकल चालक, स्थानीय व्यापारीहरुले संकलन गरेको १७ हजार ३ सय रुपैंयाले सडक मर्मत गरेका हुन् । सदरमुकाम खाँदबारीदेखि खेवाटारसम्म गाडी पुग्ने भएपनि सडकको समस्याका कारण सञ्चालन हुन सकेको थिएन ।
माथिबाट आएको पहिरोले सडक अबरुद्ध गरेपछि पहिरो हटाईएको स्थानीय हो । पहिरो र वर्षाले सडक खाल्डो परेपछि सामान ढुवानी गर्न समेत समस्या भएपछि रकम संकलन गरेर मर्मत गरेको गज बहादुर राईले बताए । यसअघि पनि २०७१ सालमा २२ हजार रकम संकलन गरेर सडक मर्मत गरेका थिए ।
सडक सञ्चालन भएपछि शिलिचोङ गाउँपालिका साबिकका याफू र मांतेवा गाविसलाई समेत राहत पुगेको छ । यहाँ व्यापार गर्नुपर्ने ब्यापारीले समेत सडकको दुर्दशा भोग्नु परेको थियो । खेवाटारसम्म मात्र सवारी साधन पुग्ने भएकाले याफू र मांतेवाका व्यापारीले यहाँबाट महँगो मूल्य तिरेर मानिस र खच्चडलाई बोकाएर सामान ढुवानी गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया