नबिन दाहाल इटहरी । केहि समय अगाडि सम्म सूनसरीको इटहरी उपमहानगरपालिकामा रहेको रेयुकाई चौतारीमा प्राय ः बुढा पाका ब्यक्तिहरु बढि भेटिन्थे तर अहिले उक्त स्थानमा ःबुढा पाका ब्यक्तिहरु भन्दा बढि यूवा उमेर समुहका मानिसहरु देख्न पाईन्छ । त्यसको एउटै कारण हो फ्रि वाइफाई । जनप्रतिनिधिले स्थानीय तहको चुनाबमा भोट माग्दा घोषणा पत्रमा उल्लेख गरेको फ्रि वाइफाई युक्त शहर भन्ने एजेन्डा लिएर जनताको घरघरमा पुगेका थिए । युवाहरुलाई फ्रि वाईफाई को आशा देखाएका

थिए । इटहरीमा मात्र हैन देशका धेरै शहरमा फ्रि वाइफाई को ऐजेन्डा उमेन्द्रारहरुको घोषणा प्रत्रमा लेखीएका थिए । हालसम्म पनी देशका धेरै सहरमा फ्रि वाइफाई भएको छैन तर इटहरी उपमहानगरपालिकाले उपमहानगरपालिकाले फ्रि वाइफाई सेवा दिन थालेको छ । उपमहानगरपालिकाले इटहरी चोकमा रहेको रेयुकाई चौतारिमा राउटर राखेर फ्रि वाइफाई सेवा इटहरी उपमहानगरपालिकाले प्रदान गर्न थालेको छ । जनप्रतिनिधिले घोषणा पत्रमा फ्रि वाईफाई जहि तहि उपलब्ध गराउने भनेर भने पनि उल्टै सञ्चार सुविधामा १३ प्रतिशत भ्याट लगाएर जनतालाई झुक्याएको भनि चौतर्फि रुपमा आलोचना भइरहेको बेला इटहरी उपमहानगरपालिकाले भने फ्रि वाइफाई राखेको छ ।
चौतारीमा बसेर फ्रि वाइफाई चलाइ रहेका बिरेद्र राई भन्छन् यो खुसिको कुरा हो कि उपमहानगरपालिकाले फ्रि वाईफाई राख्यो तर यसको गति एकदमै कम छ,साथै यहा वाईफाइ चलाउनका निम्ति बस्ने फलैचाको पनि अभाव रहेकोउनले वताए । अर्का युवा प्रज्वल निरौला साईकलको पछाडि बसेर फ्रि वाईफाइ चलाई रहेका थिए उनले फ्रि वाईफाई यस चौतारीमा मात्र नभएर इटहरिका अन्य पनि विभिन्न स्थानमा राख्नु पर्ने र फ्रि वाईफाइ भएको स्थानमा बस्ने फलैचाको ब्यबस्था हुदा राम्रो हुने बताए ।

तपाईको प्रतिक्रिया